तनहुँ दुर्घटना : मृतक २५ जनाको शव लिएर भरतपुरबाट उड्यो भारतीय वायुसेनाको जहाज


सेतोखरी सेतोखरी   शनिबार, भदौ ८, २०८१
तनहुँ दुर्घटना : मृतक २५ जनाको शव लिएर भरतपुरबाट उड्यो भारतीय वायुसेनाको जहाज

नेपालगन्ज ८ भदौ : तनहुँ बस दुर्घटनामा मृत्यु भएकाको शव लिएर भारतीय वायुसेनाको केसी ३८१० नम्बरको विमान चितवनको भरतपुर विमानस्थलबाट उडेको छ । 

मृतक २७ जनामध्ये २५ जनाको शव लिएर भारतीय सेनाको जहाज भारत प्रस्थान गरेको हो । भारत महाराष्ट्र राज्यको नासिक विमानस्थलमा जहाज अवतरण हुने छ । चालक र सहचालक उत्तर प्रदेशको गोरखपुर घर भएकाले शव बहानमार्फत पठाइएको चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिए । 

यो पनि पढ्नुहोस् मर्स्याङ्दी नदी बस दुर्घटना अपडेटः मृत्यु हुनेको संख्या २७ जना पुग्यो

पृथ्वी राजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ ऐनापहरास्थित मर्स्याङ्दी नदीमा शुक्रबार बस दुर्घटनामा मृत्यु भएकाको भरतपुर अस्पतालमा शव परीक्षण गरिएको छ । त्यसपछि बाकसमा हालेर शव विमानस्थलसम्म प्रहरीको गाडीमा लगिएको थियो । 

Kanti Aarogya Hospital Nepalgunj

पोखराबाट काठमाडौँ जादै गरेको भारतीय नम्बर प्लेट युपी ५३ एफटी ७६२३ नम्बरको बस र्मस्याङ्दी नदीमा खस्दा २७ जनाको मृत्यु भएको थियो । १६ जना घाइतेको काठमाडौँमा उपचार भइरहेको छ ।

यो पनि पढ्नुहोस् मर्स्याङ्दी नदीमा भारतीय बस खस्दा १४ जनाको मृत्यु, १६ जना घाईतेको उद्धार

भरतपुर आएका भारतीय युवा तथा खेलकुद राज्यमन्त्री रक्षा निखिल खाड्से र महाराष्ट्रका विधायक सञ्जय शुभकरे पनि सोही विमानमार्फत फर्केका छन् ।