नेपालगन्ज म्याराथनको दशक उत्सवमा रात्रि दौड


सेतोखरी सेतोखरी   सोमबार, भदौ १०, २०८१
नेपालगन्ज म्याराथनको दशक उत्सवमा रात्रि दौड

नेपालगन्ज १० भदौ : नेपालगन्ज म्याराथनको १० औं संस्करणमा रात्रिकालीन दौड हुने भएको छ । प्रतियोगिताको प्रि–इभेन्टका रुपमा नेपाल मै पहिलो पटक १० किमी रात्रिदौड हुन लागेको आयोजकले जनाएको छ । 

यो पनि पढ्नुहोस् नेपालगन्ज म्याराथनको दशक उत्सव मङ्सिरमा

आयोजक क्रियटिभ ह्यान्ड्सले रात्रिकालीन दौड असोज ३ गते (संविधान दिवस) राति हुने जनाएकोछ । राति ९ बजे बीपीचोकबाट सुरु हुने दौड एसोसियसन अफ इन्टरनेसनल म्याराथन एन्ड डिस्टेन्स रेस ९एम्स०बाट प्रमाणीकरण रुटमा हुने आयोजकको भनाइ छ ।

आयोजक क्रियटिभ ह्यान्ड्सले धारा नेपालगन्ज म्याराथनको १० औं संस्करणमा रात्रिदौडसँगै अन्य विभिन्न १० इभेन्ट पनि हुने जानकारी दिएको छ । प्रतियोगिता मंसिर २२ गतेदेखि हुनेछ । प्रतियोगिताका लागि भदौ १ गतेदेखि नाम दर्ता भइरहेको छ ।

Care City
Kanti Aarogya Hospital Nepalgunj

पहिलोपटक आयोजना हुनलागेको हुँदा नाइट रनमा व्यवसायिक र कम्तिमा ५ किमी दौडको अनुभव भएका धावक–धाविकालाई मात्र सहभागी गराइने आयोजकको तयारी छ । पुरुष, महिला र भेट्रानतर्फ स्पर्धा गराइने छ ।

पुरुष र महिलातर्फका शीर्ष तीन जनाले क्रमशः नगद २५ हजार, १५ हजार र दश हजार नगदले पुरस्कृत गरिनेछ । भेट्रानतर्फ १५ हजार, १० हजार र ५ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।
‘रात्रीकालीन दौड भिन्दै प्रकृतिको भएको हुँदा आयोजकले बिशेष व्यवस्थापन, तयारी र सुरक्षा प्रबन्ध मिलाएको छ’, आयोजकले प्रेस विज्ञप्तिमार्फत भनेको छ ।

थप समाचार

नेपालगन्ज म्याराथनका संस्थापक ठकुरी एसिया रोड रेस फोरममा

 नेपालगन्ज म्याराथनले पायो ‘एम्स’को सदस्यता

 नेपालगन्ज म्याराथनले अन्तर्राष्ट्रिय मान्यता पायो

 एम्सको क्यालेन्डरमा नेपालगन्ज म्याराथन, नेपाल पहिलोपटक विश्व म्याराथनको सूचिमा

 नेपालगन्ज म्याराथन विजेताले डेढ लाख पाउने

 ‘नेपालगन्ज म्याराथनको अभिभावकत्व लिन तयार छौं’ : मेयर बिष्ट