नेपालगन्ज १३ भदौ : बाँकेको खजुरा गाउँपालिका वडा नम्बर–४ का वडाअध्यक्ष हुन टेक बहादुर रोका क्षेत्री ।
२०७९ सालको स्थानीय तहको निर्वाचनमा उनी अध्यक्षमा निर्वाचित भएका थिए । वडा अध्यक्ष निर्वाचन लड्दै गर्दा टेक बहादुरको मुख्य प्रतिबद्धता थियो भाडामा रहेको वडा कार्यालयलाई सुविधायुक्त आफ्नै भवनमा सार्ने ।
वडा अध्यक्ष निर्वाचित भएको २ वर्ष पुरा भए लगतै खजुरा–४ को वडा कार्यालयले आफ्नै भवन सञ्चालनमा त्याएको छ । भवनको अभावमा वडा कार्यालय वडाको बहुसङ्ख्यक जनतालाई अपायक पर्ने स्थानमा सञ्चालन गर्नु परको वडा अध्यक्ष टेक बहादुरको तितो अनुभव थियो ।
संविधान निर्माणपछि बनेका स्थानीय तहमा जनप्रतिनिधि आएको पनि ७ वर्स पुरा भएको छ । एक कार्यकाल भाडाको घरमा चलको वडा कार्यालय टेक बहादुर रोकाय निर्वाचित भएर आएको २ वर्षमा आफ्नै भवनमा सार्न सफल भएका हुन् ।
आफ्नै भवनबाट सेवा दिन पाउँदा सेवा प्रवाह सहज भएको वडा सचिव सुरेश खड्काको भनाई छ । सचिव खड्काले आफ्नै भवनबाट सेवा दिँदा सेवाग्राहीहरूलाई सहज र छिटो छरितो तवरबाट सेवा दिन सकिएको बताए ।
झण्डै ७५ प्रतिशत बडाबासी महँगो रिक्सा भाडा तिरेर सेवा लिन जानु परेकोमा हाल उनीहरू वडाका सम्पूर्णलाई पायक पर्ने स्थानमा वडा कार्यालय पाउँदा निकै खुसी महसुस गर्ने गरको सचिव खड्काको भनाई छ ।
वडा कार्यालयमा सेवा लिन आएकी स्थानीय देउसरा बिकले वडाको एक छेउ डि गाँउमा रहेको वडा कार्यालयमा सेवा लिन जादाँ आफूहरूका लागि निकै खर्चिलो हुने गरेको बताइन । उनले हाल ई गाँउमा रहेको आफ्नै भवनबाट सेवा पाउँदा खुसी व्यक्त गरिन् ।
वडा अध्यक्ष टेक बहादुरले आफू निर्वाचित भए लगतै वडा भवन निर्माणमा चासो दिएको बताउँदै सो कार्यमा गाउँपालिका अध्यक्ष डम्बर बहादुर बिक, उपाध्यक्ष मञ्जु मल्ल र प्रशासकीय अधिकृत बस बहादुर राना लगायतले भरपुर सहयोग गरेको बताउँछन् । खजुरा गाउँपालिकाको ३३ लाख ८० हजारको लागतमा प्रसान्त निर्माण सेवाले वडा कार्यालय निर्माण गरेको हो ।
वडा अध्यक्ष टेक बहादुरले आफू निर्वाचित भएपछि २ वर्षको अवधिमा २.५ किलोमिटर सडक कालोपत्रे, ४ किलोमिटर सडक ग्राभेल लगायतको काम गरेको जानकारी दिए ।
उनले वडाका ३८ स्थानमा निःशुल्क इन्टरनेट सेवा दिएको समेत जानकारी दिए । साबिक बागेश्वरी गाउँ विकास समितिको वडा नम्बर–४,६,७,८ र ९ वडालाई गाभेर बनेको यो वडाको कुल जनसङ्ख्या ७ हजार ६४ रहेको छ भने क्षेत्रफल १२.७४ वर्ग किलोमिटर रहेको छ ।