पाँच हजार नाघे डेंगु संक्रमित


सेतोखरी सेतोखरी   शनिबार, भदौ १५, २०८१
पाँच हजार नाघे डेंगु संक्रमित

नेपालगन्ज १५ भदौ : भदौ मध्यसम्म आइपुग्दा देशभर डेंगु संक्रमितको संख्या पाँच हजार नाघेको छ । इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका अनुसार डेंगु रोगको सङ्क्रमण हुम्ला र मुस्ताङबाहेक सबै जिल्लामा देखिएको छ । 

तीन जनाको डेंगु रोगको सङ्क्रमणका कारण मृत्यु भइसकेको महाशाखाले जनाएकोछ । डेंगु सबैभन्दा बढी गण्डकी प्रदेशमा देखिएको छ। महाशाखाका अनुसार गण्डकी प्रदेशमा सबैभन्दा धेरै दुई हजार चार सय ४० जनामा संक्रमण पुष्टि भएको छ । 

Care City
Kanti Aarogya Hospital Nepalgunj

कोशी प्रदेशमा सात सय ४९, मधेशमा ८६, बागमतीमा एक हजार ४८६, लुम्बिनी चार सय १८, कर्णालीमा ७६ र सुदूरपश्चिम प्रदेशमा ३३४ जना सङ्क्रमण देखिएको छ । काठमाडौं जिल्लामा ४६६, भक्तपुरमा ६२ र ललितपुर ८८ जनामा डेंगु सङ्क्रमण पुष्टि भएको छ ।

वर्षाको वेला संकलन गरेर राखिएको पानीमा लामखुट्टे रहने र त्यसले टोक्ने भएकाले डेंगुको सङ्क्रमण बढेको हो ।