युनियन बाँकेको वार्षिक साधारण सभा सम्पन्न


सेतोखरी सेतोखरी   शनिबार, भदौ १५, २०८१
युनियन बाँकेको वार्षिक साधारण सभा सम्पन्न

नेपालगन्ज १५ भदौ : नेपाल प्रेस युनियन बाँकेको शनिबार वार्षिक साधारण सभा सम्पन्न भएको छ । 

युनियन बाँकेका अध्यक्ष प्रियास्मृति ढकालको अध्यक्षतामा भएको साधारण सभामा नेपाली काँग्रेसका केन्द्रिय सदस्य तथा संविधान सभा सदस्य मैकुलाल बाल्मिकीको प्रमुख आतिथ्यता रहेको थियो ।

साधारण सभाको उद्घाटन शत्रमा बोल्दै प्रमुख आतिथि बाल्मिकीले साधारण सभाको सफलताको शुभकामनासँगै व्यवसायीक पत्रकारको क्षमता अभिबृद्धि गर्न युनियनले बिशेष भूमिका खेल्नुपर्ने उल्लेख गरे ।

कार्यक्रममा नेपाली काँग्रेस बाँकेका सभापति नारायण प्रसाद गौडेल, नेपाल प्रेस युनियनका केन्द्रिय बरिष्ठ उपाध्यक्ष प्रेम केसी, युनियन लुम्बिनी प्रदेशका महासचिव नवीन गिरी, नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशका उपाध्यक्ष शुक्रऋषि चौलागाई, पत्रकार महासंघका पूर्व केन्द्रिय उपाध्यक्ष हेमन्त कर्माचार्य, पूर्व महासचिव एवं नेपाली काँग्रेस बाँके क्षेत्र नम्बर–१ का सभापति पोषण केसी, ट्रेड युनियन काँग्रेस बाँकेका कार्यवाहक अध्यक्ष तोजेन्द्र विक, युनियनका अग्रेज नेता निरज गौतम, युनियन बाँकेका पूर्व अध्यक्षको तर्फबाट जयनारायण शाहले शुभकामना मन्तब्य राखेका थिए ।

Care City
Kanti Aarogya Hospital Nepalgunj

युनियन बाँकेका उपाध्यक्ष कमल खत्रीले स्वागत मन्तब्य राखेको उद्घाटन शत्रमा सचिव भिष्म लोधले युनियनको एक वर्षको सांगठनिक प्रतिवेदन तथा कोषाध्यक्ष खडक बहादुर खत्रीले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।

यस्तै उद्घाटन शत्रपछि भएको बन्दशत्रले विविध बिषयमा निर्णय गरेको छ । साधारण सभाले पत्रकारहरुको राहतका लागि एनपियू कल्याण कोषलाई थप व्यवस्थित गर्दै लाने निर्णय गरेको छ । जोखिम अवस्थामा रहेका बेला पत्रकारलाई सोही कल्याण कोषमार्फत सहयोग गर्न सहज बनाउन कोषलाई व्यवस्थित गर्ने निर्णय गरेको हो ।

युनियनका पूर्व अध्यक्ष जयनारायण शाहको संयोजकत्वमा महासंघ लुम्बिनी प्रदेशका उपाध्यक्ष शुक्रऋषि चौलागाई, युनियनका निवर्तमान अध्यक्ष अर्जुन ओलीसहितको अध्यक्ष मण्डलले कोषलाई व्यवस्थित ढङ्गले सञ्चालनका लागि कार्यबिधि निर्माण गरेर कार्यान्वयन गर्नेसमेत निर्णय गरेकोछ ।