अखिल क्रान्तिकारी बाँकेको अध्यक्षमा सुनिल चयन 


सेतोखरी सेतोखरी   मंगलबार, भदौ १८, २०८१
अखिल क्रान्तिकारी बाँकेको अध्यक्षमा सुनिल चयन 

नेपालगन्ज १८ भदौ : अखिल क्रान्तिकारी बाँके जिल्लाको २४ औं जिल्ला सम्मेलनबाट सुनिल बटालाको अध्यक्षतामा ४१ सदस्यीय जिल्ला समिति सर्वसम्मत चयन भएको छ ।

जसको उपाध्यक्षहरूमा शान्ति बिक, उपेन्द्र आचार्य, भरत बुढथापा, दीपेन्द्र शाही र सुवास मल्ल रहेका छन् । 

यस्तै अखिल क्रान्तिकारीको जिल्ला सचिवमा लक्ष्मण मानव, स्वातिका थारू, जनक शर्मा ‘बिनोद’, जनक बिएल र ईश्वर चन्द रहेका छन् । यस्तै कोषाध्यक्षमा राम बर्मा चयन भएको निर्वाचन समितका संयोजक तीर्थ ज्ञवालीले जानकारी दिए । 

सोमबार भएको सम्मेलनमा माओवादी केन्द्रका उपमहासचिव पूर्व अर्थमन्त्री वर्षमान पुनले उद्घाटन गरेका थिए ।  नवनिर्वाचित अध्यक्ष बटलाले अखिल क्रान्तिकारी बाँकेलाई जुझारु र प्रतिस्पर्धी सङ्गठन बनाउने प्रतिबद्धता व्यक्त गरे । 

Care City
Kanti Aarogya Hospital Nepalgunj

उनले बलियो सङ्गठन बनाउँदै शैक्षिक अराजकता विरुद्ध सङ्घर्ष गर्ने उद्घोष गरे । बटाला यसअघि क्रान्तिकारीको जिल्ला सचिव थिए ।