‘मौलिक गीत संगीतलाई प्राथमिकता दिनुपर्छ’ : कार्यबाहक मेयर संगीता 


सेतोखरी सेतोखरी   मंगलबार, भदौ १८, २०८१
‘मौलिक गीत संगीतलाई प्राथमिकता दिनुपर्छ’ : कार्यबाहक मेयर संगीता 

कोहलपुर १८ भदौ : कोहलनपुर नगरपालिकाकी कार्यबहाक मेयर संगीता सुवेदीले मौलिक गीत संगीतलाई प्राथमिकता दिनुपर्ने बताएकीछिन् ।

कोहलपुर न्यूरोड स्थित खुलामञ्चमा मङ्गलबारदेखि सुरु भएको ‘तीज विशेष सांस्कृतिक कार्यक्रम–२०८१’ को उद्घाटन गर्दै कोहलपुर नगरपालिकाकी कार्यबाहक मेयर संगीता सुवेदीले यस्तो बताएकी हुन् ।

उनले, ‘हाम्रो आमाको बालापनको उमेरताका गाइने, बज्ने जस्ता गीत, संगीत बिस्तारै हराउँदै जान लागेकोमा चिन्ता व्यक्त गरिन् ।’

मौलिक कला हाम्रो दायित्व र संस्कार, ऐतिहासिक हाम्रो पहिचान भन्ने मुल नाराका साथ दियालो परिवारले ‘तीज विशेष सांस्कृतिक कार्यक्रम–२०८१’ को आयोजना गरेको हो ।

Kanti Aarogya Hospital Nepalgunj

दियालो परिवारले विगतका दिनदेखि कला, गीत, संगीतको संरक्षणमा लाग्दै आएकोमा आगामी दिनमा अझ परिस्कृत भएर लाग्ने कुरामा आफु विश्वस्त भएको उनको भनाईछ ।

कार्यक्रमका अतिथि कोहलपुर नगरपालिका वडा नम्बर–१२ का वडाध्यक्ष वीरेन्द्र कुमार शाह, वडा नम्ब–८ का वडाअध्यक्ष लालबहादुर रानाले यस्ता कार्यक्रमले मौलिक रचनालाई टेवा पु¥याउनुका साथै चाडबाडका बेला घुम्न, रमाइलो गर्नका लागि राम्रो विकल्प हुने बताए ।

कार्यक्रमका विशिष्ट अतिथी, उद्यमी, युवा नेतृ अञ्जना पाण्डेले पछिल्लो समय होटेल, रेस्टुरेण्ट केन्द्रित हुँदै आएको तीजलाई कलाकारहरुको प्रस्तुतीले मौलिक गीत संगीत जगेर्ना गर्न अभियान चालेकोमा खुशी व्यक्त गरिन् । उनले यस्ता कार्यक्रमले तीजको प्रस्तुतिलाई एकै ठाउँ सबैसँग रमेर नाँच्न, गाउन सकिने बताइन् ।

दियालो परिवारका अध्यक्ष भावना पाठलले दियालोको अभियान भनेकै कला, संस्कृतिलाई जोगाउँदै पहिलेकै अवस्थामा फर्काउनका लागि भनेर यसखाले कार्यक्रम गरिएको बताईन् । 

कार्यक्रममा घरेलु तथा साना उद्योग महासंघ कोहलपुरका अध्यक्ष हेमविक्रम जिसी, नेपाल घरबहाल उपभोक्ता मञ्च बाँकेका अध्यक्ष राधा गौतम, ज्ञानोदय सामुदायिक पुस्तकालय तथा स्रोत केन्द्रका अध्यक्ष चेतकान्त भट्टराई, शिक्षाप्रेमी विष्णु बेल्बासे, राजनीतिकर्मी उर्मिला अधिकारी पाण्डे, पूर्णकला भण्डारी, पिंकी शाह, ओमप्रकाश चापागाईं, लक्ष्मण कुँवर लगायतले कार्यक्रम सफलताको शुभकामना दिएका थिए ।

कार्यक्रमको पहिलो दिन चर्चित गायक संदीप न्यौपानेले आफ्ना गीतहरुले दर्शकहरूलाई उत्साहित बनाउँदै मनोरञ्जन दिएका थिए । भने चर्चित उद्घोषिका कल्पना कार्कीले कार्यक्रम उद्घोषण गरेकी थिइन् ।