१० महिना नपुग्दै फेरिए नेपालगन्जसहित चार भन्सार प्रमुख


सेतोखरी सेतोखरी   बुधबार, भदौ १९, २०८१
१० महिना नपुग्दै फेरिए नेपालगन्जसहित चार भन्सार प्रमुख

नेपालगन्ज १९ भदौ : नेपालगन्ज भन्सार प्रमुखसहित चार भन्सार प्रमुख फेरिएकाछन् ।

भैरहवा, कृष्णघाट, मेची र नेपालगञ्ज भन्सार कार्यालयका प्रमुखहरूलाई १० महिना नपुग्दै फेरबदल गरिएको हो । उनको ठाँउमा जनार्दन पौडेललाई जिम्मेवारी दिइएकोछ । २०८० कात्तिकमा जिम्मेवारी सम्हालेका यी प्रमुखहरू सोमबार सरूवामा परेका हुन् ।

१० महिना नपुग्दै सरूवामा परेका नेपालगन्ज भन्सार कार्यालयका प्रमुख ध्रुवराज विश्वकर्मालाई नेपालगन्जबाट गौतम बुद्ध विमानस्थल भन्सार कार्यालयमा सरूवा गरिएको छ ।
त्यस्तै उपसचिव मानबहादुर पौडेललाई कृष्णघाट भन्सार कार्यालयबाट जनकपुर भन्सारमा, रामप्रसाद रेग्मीलाई मेची भन्सार कार्यालयबाट भैरहवा भन्सारमा र भैरहवा भन्सार कार्यालयका प्रमुख नारद गौतमलाई भन्सार जाँचपास परीक्षण कार्यालयमा सरूवा गरिएको छ ।

सोमबार भन्सारसँग सम्बन्धित १९ जना उपसचिवहरूको सरूवा गरिएको थियो । मंगलबार यो सरूवा सर्कुलर गरिएको हो ।

Kanti Aarogya Hospital Nepalgunj

अर्थमन्त्री परिवर्तन भएपछिको नियमित सचिवदेखि विभागीय प्रमुखसम्मको सरूवा हुँदै आएको छ । तर, कर्मचारीहरूले यो पटकको सरूवालाई शंका र असन्तुष्टिका दृष्टिले हेरिरहेका छन् । अहिले भन्सारमा सबै नयाँ अनुहार देखिएको छ । भन्सार अन्तर्गत पाँच जना सहसचिव हुने गरेकोमा पाँच जना नै परिवर्तन भएका छन् ।

भन्सार विभागमा एक जना महानिर्देशकसहित दुई जना उपमहानिर्देशक सहसचिव रहन्छ । त्यस्तै वीरगञ्ज र त्रिभुवन विमानस्थल भन्सार कार्यालयमा सहसचिवको दरबन्दी रहेको छ। अहिले सबै जनाको सरूवा गरेर नयाँलाई जिम्मेवारी दिइएको छ ।

उनीहरूले सरूवा गर्दा कामको आधार र कार्यकालको अवधिलाई ध्यानमा राख्नुपर्ने भए पनि नेतृत्व परिवर्तनपछि नेतृत्वसँग नजिक भएका व्यक्तिहरूलाई प्राथमिकता दिइने चलन बढ्दै गएको गुनासो गरेका छन् ।

विशेषगरी, असोज र कात्तिक महिना भन्सार प्रशासनको लागि सबैभन्दा महत्वपूर्ण समय हो । यस समयको सरूवाले राजस्व संकलनमा नकारात्मक असर पु¥याउने भन्सारका अधिकारीहरूको भनाइ छ ।

चाडपर्वको बेला बढी मात्रामा सामान आयात हुने हुँदा, भन्सार छलीका घटना पनि बढ्न सक्छन् । नयाँ ठाउँमा गएपछि जिम्मेवारी बुझ्न र काममा तालमेल मिलाउन दुईदेखि तीन महिना लाग्न सक्छ जसले गर्दा राजस्व चुहावटको खतरा अझ बढ्न सक्छ ।

अहिलेको सरूवालाई धेरैले अस्थिरताको संकेतको रूपमा लिएका छन् । यसले भन्सार प्रशासनको स्थायित्वमा प्रश्न उठाएको छ र समयमै प्रभावकारी कदम नचालिएमा, राजस्व संकलनमा नकारात्मक असर पर्ने सम्भावना रहेको अधिकारीहरू बताउँछन् ।

Bhansar_pramukh_saruwa-1725432655.jpg