खजुरामा हुने बृहत तीज महोत्सवको तयारी पुरा


सेतोखरी सेतोखरी   बिहीबार, भदौ २०, २०८१
खजुरामा हुने बृहत तीज महोत्सवको तयारी पुरा

नेपालगन्ज २० भदौ : महिलाहरुको महाना चाड हरितालिका तीजका अवसरमा बाँकेको खजुरामा हरेक वर्ष झै यो वर्ष पनि ‘खजुरा बृहत तीज महोत्सव–२०८१’ आयोजना हुँदैछ । जसको तयारी पूरा भएको आयोजक लक्ष्मी नारायण मन्दिर व्यवस्थापन समितिले जनाएको छ । 

विगत १८ वर्षदेखि निरन्तर आयोजना हुँदै आएको तीज महोत्सवको यो १९ औं सृंखला हो । विशेषगरी यो पटक खजुरालाई धार्मिक पर्यटनको केन्द्र बनाउने उद्देश्यसहित खजुरामा संकल्प गरिएको लक्ष्मीनाराण दिब्यधामको निर्माणार्थ महोत्सव आयोजना गर्न लागिएको लक्ष्मी नारायण मन्दिर व्यवस्थापन समितिका अध्यक्ष शिवराज श्रेष्ठले जानकारी दिए । श्रेष्ठका अनुसार यसवर्षको महोत्सव धार्मिक उद्देश्य र मौलिकता प्रवर्द्धनमा केन्द्रित रहेको छ ।

हरेक वर्ष तीजका कार्यक्रमामा मौलिकता हराउँदै गएकाले यसलाई जोगाउने उद्देश्य यो वर्षको महोत्सवले लिएको सचिव सुरेस कुमार खत्रीले बताए । उनले तीजमा पूर्णरुपमा मौलिक सामुहिक तीज नृत्य र मौलिक सामुहिक गीत प्रतियोगिता, परम्परागत लाखे नाच एवम् नेपाली परम्परागत खानाका परिकारका स्टलहरु महोत्सवमा राखिने बताए । 

सांस्कृतिक समितिका संयोजक मानबहादुर भण्डारीले अनुसार मौलिक सामुहिक तीज नृत्य र मौलिक सामुहिक गीत प्रतियोगितामा नगद पुरस्कारको पनि व्यवस्था गरिएको बताए ।

Kanti Aarogya Hospital Nepalgunj

भण्डारीका अनुसार सामुहिक तीज नृत्य प्रतियोगिताको प्रथमलाई २६ हजार, द्वीतियलाई १६ हजार, तृतियलाई १० हजार र सान्त्वनााई ३ हजार १ सय नगद पुरस्कारको व्यवस्था गरिएको छ । साथै तीज गीत प्रतियोगिताको प्रथमलाई २१ हजार, द्वीतियलाई १३ हजार, तृतियलार्य ७ हजार ५ सय र सान्त्वनालाई २ हजार १ सय नगद पुरस्कारको व्यवस्था गरिएको छ ।