आतंकवादी समूह ISIS सँग कसरी जोडियो डिएसपी शाहीको नाम : हेडक्वार्टरले थाल्यो छानबिन !


सेतोखरी सेतोखरी   शनिबार, भदौ २२, २०८१
आतंकवादी समूह ISIS सँग कसरी जोडियो डिएसपी शाहीको नाम : हेडक्वार्टरले थाल्यो छानबिन !

नेपालगन्ज २२ भदौ : प्रहरी प्रधान कार्यालयले आतंकवादसँग जोडिएर आर्थिक कारोबार गरिरहेको आशंकामा तीनजना नेपालीको विवरण माग गरेको छ । यसरी विवरण माग गरिएकामध्ये एकजना प्रहरीकै बहालवाला डीएसपी पनि रहेका छन् । 

इन्टरपोलले पत्राचार गरेका तीनमध्ये एक नेपाल प्रहरीकै बहालवाला प्रहरी नायब उपरीक्षक (डीएसपी) हेमबहादुर शाही भएको खुलेको छ ।

१४ अक्टोबर १९७९ मा जन्मिएका शाहीको ठेगाना कैलाली हो । इन्टरपोलले उपलब्ध गराएको विवरण अनुसार शाहीको पासपोर्ट नं ०९२८३८०४ हो । उनको पासपोर्टमा इन्स्पेक्टर हुँदाकै वखतको इमेल [email protected] प्रयोग गरिएको छ ।

कान्तिपथलाई प्राप्त विवरण अनुसार, प्रहरीको अन्तर्राष्ट्रिय अपराध संगठन (इन्टरपोल) को नेसनल सेन्ट्रल ब्यूरो (एनसीबी) सिंगापुरले नेपाल प्रहरीको एनसीबी काठमाडौंलाई पत्राचार गरेपछि प्रधान कार्यालयले पनि आन्तरिक रुपमा अनुसन्धान थालेको छ ।

Care City
Kanti Aarogya Hospital Nepalgunj

उक्त विवरण अनुसार, २९ जुलाई २०२४ मा एनसीबी सिंगापुरले एनसीबी काठमाडौंलाई पत्राचार गरेको हो । एनसीबी सिंगापुरले आतंकवादसँग जोडिएर आर्थिक कारोबार गरेको आंशका गरिरहेका तीन नेपालीको पृष्ठभूमिबारे जानकारी गराइदिन आग्रह गरेको हो ।

आतंककारी गतिविधिमा संलग्न रही ठूलो आर्थिक कारोबार गरिरहेका कालिकोटका महेन्द्रजंग शाह, कालिकोटकै दिपेन्द्रबहादुर शाह, र कैलाली घर भएका हेमबहादुर शाहीको पृष्ठभूमि जानकारी गराउन पत्राचार गरेको हो । महेन्द्रजंग शाह गैर–आवासीय नेपाली संघ, मलेसियाको पुर्व अध्यक्ष भएको बताईएको छ ।

प्रहरी स्रोतका अनुसार, लामो समयदेखि दुबई मलेसिया बस्दै आपराधिक क्रियाकलापमा संलग्न रहेको आशंकामा महेन्द्रजंग शाहमाथि अरू देशका प्रहरीले निगरानी गरिरहेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट देखिएको छ ।

उनै शाहसँग केही समयअघि सिंगापुरमा डीएसपी हेमबहादुर शाही समेत घुमफिर गरेको तस्बिर सिंगापुर प्रहरीले पाएपछि उनको क्रियाकलापमाथि समेत चासो देखाएको हो ।

महेन्द्र शाहले भियतनामी युवतीसँग विवाह गरेर दुबई, मलेसियालगायतका देश बस्ने गरेका छन् । उनलाई करिब आठ वर्षअघि नै मलेसियाबाट डिपोर्ट गरेर त्रिभुवन विमानस्थलस्थित प्रहरीलाई जिम्मा लगाएको समेत खुलेको छ ।

dsp_hem_1-1725695535.jpg
मलेसियामा कार्यरत रहेका पूर्वराजदूत डा. निरञ्जनमान सिंह बस्नेतका अनुसार, महेन्द्रले त्यहाँको पासपोर्ट डिमार्टमेन्टको सेटिङमा करिब २ सय नेपालीलाई नक्कली स्ट्याम्पदेखि स्टिकरसमेत नक्कली टाँसेर भिजिट भिसामा मलेसिया पुगेका नेपालीलाई लामो समय राखेको खुलेको थियो ।

डीएसपी शाही विवादित छविका प्रहरी अधिकारी हुन् । उनले प्रहरी निरीक्षकको तालिममै प्रहरी आचरणविपरीत काम गरेको आरोपमा नसिहत पाएका थिए ।

त्यसपछि इलाका प्रहरी कार्यालय बेलौरी प्रमुख हुँदासमेत विवादित हुँदा स्थानीयले प्रहरी कार्यालयमाथि नै ढुंगामुढा प्रहार गरेका थिए । त्यस्तै कोहलपुर प्रहरी प्रमुख हुँदा समेत तरुण दलका एक कार्यकर्तालाई गोली हान्ने धम्की दिएपछि विवादित बनेका थिए । हाल उनी सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीमा कार्यरत छन् । उनले तरुण दलका एक कार्यकर्ता सन्दीपजंग शाहसहित छ जनालाई पक्राउ गरेर– तेरो र मेरो वार भयो भाइ‘तिघ्रा छेडिदिन्छु भनेको अडिओ सार्वजनिक भएसँगै उनी विवादमा मुछिएका थिए ।

इन्टरपोलले महेन्द्रजंग शाहको सम्बन्ध रहेको भनेर शंका गरेको अतिवादी संगठन आईएसआईएस हो । आईएसआईएसको पुरा नाम स्लामिक स्टेट अफ इराक एण्ड सिरिया हो । अहिले यसलाई आईएस अर्थात केवल इस्लामिक स्टेट भनेर चिनिन्छ । खाडी मूलुक र अफ्रिकी मूलुकमा आईएसको ठूलो सञ्जाल बिस्तार भइसकेको छ ।

dsp_hem_2-1725695562.jpg
इराक र सिरियाका थुप्रै भागमा कब्जा जमाएको आईएस इजिप्ट, नाईजेरिया लगायतका थुप्रै अफ्रिकी देशमा समेत आफ्नो प्रभूत्व स्थापित गर्न सफल छ । अहिले आईएससँग अन्य थुप्रै संगठनहरु जोडिएका छन् । सन् २००६ मा आईएस आतंककारी संगठन अलकायदासँग जोडिएको थियो । बिन लादेनको हत्यापछि आतंकवादको अन्त्य हुने पश्चिमा विश्वले गरेको दाबी विपरित आईएसको प्रभाव दिन प्रतिदिन बढ्दो छ । इराकमा सद्धाम हुसेनको शासन अन्त्य भएपछि विकसित संक्रमणका बीच आईएस शक्तिशाली बन्दै गएको हो ।

आईएससँग झण्डै ४० हजार सैनिक रहेको बताइएको छ । त्यसबाहेक आईएसमा अन्य थुप्रै व्यक्ती सहभागि छन् । इराक, सिरिया र अन्य देश समेत गरेर आईएसमा दुई लाखभन्दा बढी व्यक्ति संलग्न रहेको बताइएको छ । सन् २०१४ को जूनमा आईएससँग १५ हजार सैन्य दस्ता रहेको अनुमान लगाइएको छ । एक वर्षभित्र यो संख्या बढेर ४० हजारको आसपास पुगेको बताइन्छ ।

विश्वमा सुन्नी इस्लामिक राज्य खडा गर्ने उद्देश्यमा खुलेका अन्य विश्वव्यापी आतंकवादी संगठनभन्दा निकै छिटो आफ्नो संगठन बढाउन सफल यो अहिले पनि अझै विस्तार हुँदैछ । तालिवान र अलकायदा जस्तै उद्देश्य भए पनि यो संगठन अन्य संगठनभन्दा निकै चुस्त, सांगठनिक र आर्थिक रूपले बलियो र कट्टर देखिएको छ । -कान्तिपथबाट साभार