मोटरसाइकल दुर्घटनामा कोहलपुरका भुपेन्द्रको मृत्यु, सशस्त्रका प्रहरी सहायक निरीक्षक लालबहादुर घाइते


सेतोखरी सेतोखरी   शनिबार, भदौ २२, २०८१
मोटरसाइकल दुर्घटनामा कोहलपुरका भुपेन्द्रको मृत्यु, सशस्त्रका प्रहरी सहायक निरीक्षक लालबहादुर घाइते

नेपालगन्ज २२ भदौ : बाँकेको कोहलपुरमा मोटरसाइकल दुर्घटनामा परि एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । 

शनिबार बिहान करिब साढे तीन बजेको समयमा कोहलपुर नगरपालिका वडा नम्बर ११ कौशिल्या अस्पताल नजिकै मोटरसाइकल दुर्घटना हुँदा दुर्घटनामा परी मोटरसाइकल चालक कोहलपुर नगरपालिका वडा नम्बर १० निवासी भूपेन्द्र सुनारको मृत्यु भएको इलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ । 

सो दुर्घटनामा परि सुनार र मोटरसाइकलमा सवार सुर्खेत लेक बेसी नगरपालिका वडा नम्बर–३ राताटार घर भई हाल सशस्त्र प्रहरी ४२ नम्बर गण शमशेरगञ्ज बाँकेमा कार्यरत सशस्त्र प्रहरी सहायक निरीक्षक लालबहादुर सुनार गम्भीर घाइते भएकोमा उपचारका क्रममा भूपेन्द्र सुनारको मृत्यु भएको हो । 

इलाका प्रहरी कार्यालय कोहलपुरका अनुसार घाइतेहरूलाई उपचारको लागि नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा पु¥याएकोमा उपचारको क्रममा भूपेन्द्र सुनारको मृत्यु भएको थियो । 

Care City
Kanti Aarogya Hospital Nepalgunj

घाइते सशस्त्र प्रहरी लालबहादुर सुनारको शिक्षण अस्पतालमा उपचार भइरहेको र उनको अवस्था अहिले सामान्य रहेको प्रहरीले जनाएको छ ।