टीसीएलले ल्यायो दशैं, तिहार र छठ पर्व लक्षित गर्दै १ लाख बढीको क्यासब्याक अफर


सेतोखरी सेतोखरी   आइतबार, भदौ २३, २०८१
टीसीएलले ल्यायो दशैं, तिहार र छठ पर्व लक्षित गर्दै १ लाख बढीको क्यासब्याक अफर

नेपालगन्ज २३ भदौ : देशकै एक अग्रणी विश्वव्यापी उपभोक्ता इलेक्ट्रोनिक्स ब्राण्ड ‘टीसीएल’ले ‘सेलिब्रेट ग्रेटनेस टुगेदर’ अभियान घोषणा गरेको छ । कम्पनीले दशैं, तिहार र छठ पर्वलाई लक्षित गर्दे सो नयाँ अभियान घोषणा गरेको हो ।

यस अभियानले ग्राहकहरूलाई उत्साहजनक क्यास ब्याक र उपहारहरूको साथ आफ्नो घर मनोरञ्जनको अनुभव अपग्रेड गर्न अविश्वसनीय अवसर प्रदान गर्ने कम्पनीले जनाएको छ ।

‘सेलिब्रेट ग्रेटनेस टुगेदर’ अभियानको भाग स्वरूप, टीसीएलले ग्राहकहरूलाई इलेक्ट्रोनिक्स सामानहरुको खरिदमा एक लाख ६३ हजार ५ सय रुपैयाँसम्मको क्यास ब्याक प्रदान गरिरहेको छ । थप रूपमा, यो अभियानलाई अझ आकर्षक बनाउँदै, टीसीएलले प्रत्येक ग्राहकलाई निश्चित उपहार जित्न पाउने ग्यारेण्टी दिने कम्पनीले जनाएको छ ।

थप उत्साहका लागि, कम्पनीले पनि बम्पर अफर प्रस्तुत गरिरहेको छ। ५ भाग्यशाली विजेताहरूले प्रतिष्ठित फोन १ बाइ नथिङ जित्ने मौका पाउने कम्पनीले जनाएको छ ।

Kanti Aarogya Hospital Nepalgunj

टीसीएलको उत्पादनहरूको श्रृंखला, विविध आवश्यकताहरू र प्राथमिकताहरू पूरा गर्न डिजाइन गरिएको छ । कम्पनीका अनुसार अद्भुत ध्वनीसहित अद्भुत टेलिभिजनहरूदेखि ऊर्जा–कुशल एयर कन्डिसनरहरू, विश्वसनीय फ्रिजहरू र शक्तिशाली वाशिंग मेसिनहरू सम्म, टीसीएलले तपाईंको जीवनशैली उन्नत गर्न उत्पादनहरूको विस्तृत चयन प्रदान गर्दछ।

टीसीएल उपभोक्ता इलेक्ट्रोनिक्स उद्योगमा एक विश्वव्यापी अग्रणी ब्राण्ड हो जसले मानिसहरूको जीवनशैलीलाई बढाउन र नवीन उत्पादनहरू प्रदान गर्न समर्पित छ । गुणस्तर, प्रविधि र डिजाइनमा ध्यान केन्द्रित गर्दै, टीसीएलले, हामीले मनोरञ्जन र सञ्चार अनुभव गर्ने तरिकालाई पुनः परिभाषित गरिरहेको छ । 

नेपालमा टीसीएलको घरयासी उपकरणहरु चौधरी ग्रुप अन्र्तगत सीजी इलेक्ट्रोनिक्सले विक्री वितरण गर्दै आएकोछ ।