मेलबर्नको चर्चित नेपाली मुस्ताङ प्यालेस रेष्टुरेन्टले लालोरमा खोल्यो पहिलो शाखा


सेतोखरी सेतोखरी   मंगलबार, भदौ २५, २०८१
मेलबर्नको चर्चित नेपाली मुस्ताङ प्यालेस रेष्टुरेन्टले लालोरमा खोल्यो पहिलो शाखा

मेलबर्न (अष्ट्रेलिया) २५ भदौ : अष्ट्रेलियाको मेलबर्न स्थित कोबर्गमा सञ्चालित मुस्ताङ प्यालेस रेष्टुरेन्टले आफ्नो पहिलो शाखा खोलेको छ । 

आईतबार एक समारोहकाबीच लालोरमा मुस्ताङ प्यालेस रेष्टुरेन्टले आफ्नो पहिलो शाखाको सुरुवात गरेको हो । 

मेलबर्नका सामूदायिक नेताहरुको उपस्थितिमा सुरुवात गरिएको रेष्टुरेन्ट उद्घाटन कार्यक्रममा बोल्दै भिक्टोरियाका लागि नेपाली अवैतनिक वाणिज्यदूत निराजन गौलीले नेपाली खाना प्रबद्र्धनमा लाग्न आग्रह गरेका थिए ।

उनले सेवाग्राहीको आकांक्षा अनुसार अघि बढ्दा सफलता हात पर्ने भन्दै सञ्चालकहरुलाई शुभकामना दिएका थिए । 

Kanti Aarogya Hospital Nepalgunj

कार्यक्रममा एनआरएन आईसीसीका पूर्वउपाध्यक्ष दुर्गा आचार्य, एन्जाका अध्यक्ष चिरञ्जीवी देवकोटा, एनआरएन भिक्टोरियाका संयोजक मणिरत्न सापकोटा लगायतले शुभकामना दिएका थिए ।

Australia_mustang_resturent-2-1725953815.jpg
कार्यक्रममा बोल्दै मुस्ताङ प्यालेसका सञ्चालक मध्येका एक हरि खड्काले ग्राहकहरुको माया र हौसलाले नै लालोर क्षेत्रमा शाखा विस्तार गरिएको बताए । उनले स्तरीय स्वाद पस्कने प्रतिबद्धता समेत व्यक्त गरे ।

मुस्ताङ प्यालेस रेष्टुरेन्ट खड्कासहित गणेश पाण्डे र तीर्थ लुईंटेलको साझेदारीमा सञ्चालित नेपाली रेष्टुरेन्ट हो । अष्ट्रेलियामा रहेका नेपालीमाझ स्तरीय सेवाका लागि चिनिएको मुस्ताङ प्यालेसले क्याटरिङ सेवा समेत प्रदान गर्दै आएको छ ।