लुम्बिनीका वनमन्त्री बादशाह कुर्मीको राजीनामा स्वीकृत


सेतोखरी सेतोखरी   बुधबार, भदौ २६, २०८१
लुम्बिनीका वनमन्त्री बादशाह कुर्मीको राजीनामा स्वीकृत

नेपालगन्ज २६ भदौ : व्यक्ति हत्या आरोपित लुम्बिनी प्रदेशका वन तथा वातावरण मन्त्री बादशाह कुर्मीले दिएको राजीनामा स्वीकृत भएको छ । 

आज मुख्यमन्त्री चेतनारायण आचार्यले कुर्मीको राजीनामा स्वीकृत गरेका हुन् । मंगलबार बेलुकी उनले मुख्यमन्त्री समक्ष राजीनामा पत्र बुझाएका थिए ।

यो पनि पढ्नुहोस् लुम्बिनीका वनमन्त्री कुर्मीले दिए राजीनामा

बाँके क्षेत्र नम्बर–३ प्रदेशसभा (ख) बाट नेपाली काँग्रेसका तर्फबाट निर्वाचित प्रदेशसभा सदस्य कुर्मी गत साउन ९ गते लुम्बिनी प्रदेशको वन तथा वातावरणमन्त्री नियुक्त भएका थिए । 

Kanti Aarogya Hospital Nepalgunj

मन्त्रीमा नियुक्त भएदेखि नै उनको बारेमा मानव अधिकारकर्मीले विरोध गर्दै आएका थिए । आफूमाथि लागेको आरोपबारे छानबिन गर्न मार्ग प्रशस्त गर्न उनले मन्त्री पदबाट राजीनामा दिएको बताएका छन् । 

आफूमाथि यो मुद्दाको आरोप लागेपछि कुर्मीले नैतिकताका आधारमा पदबाट राजीनामा दिएको बताएका थिए । उनी आफू निर्दोष रहेको र दोषी प्रमाणित भए जस्तोसुकै सजाय भोग्न तयार रहेको बताउँछन् ।