फेरि सक्रिय भयो मनसुन : लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा भारी वर्षा


सेतोखरी सेतोखरी   बिहीबार, भदौ २७, २०८१
फेरि सक्रिय भयो मनसुन : लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा भारी वर्षा

नेपालगन्ज २७ भदौ : आजदेखि आगामी तीन दिन अर्थात् भदौ २९ गते बिहानसम्म देशका पश्चिमी भागमा भारी वर्षा हुने सम्भावना छ । 

जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले विशेष बुलेटिन जारी गर्दै आगामी तीन दिन देशका पश्चिमी भागमा भारी वर्षा हुने सम्भावना रहेको जानकारी दिएको हो । 

यो पनि पढ्नुहोस् शनिबारसम्म भारी वर्षाको सम्भावना, सुदूरपश्चिमका ६ जिल्ला उच्च जोखिममा

लुम्बिनीदेखि सुदूरपश्चिमका भेगमा धेरै ठूलो पानी पर्नसक्ने महाशाखाको अनुमान छ । केही स्थानमा बिहानैदेखि वर्षा सुरु भएको छ । 

Kanti Aarogya Hospital Nepalgunj

बाग्मती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूपरश्चिम प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । वाग्मती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूपरश्चिम प्रदेशमा साधारणतयादेखि पूर्णतया बदली रहेको छ । बाँकी क्षेत्रमा आंशिकदेखि साधारणतया बदली छ । 

जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो सुदूरपश्चिम प्रदेशमा साधारणतयादेखि पूर्णतया बदली रहनेछ । बाँकी प्रदेशमा आंशिकदेखि साधारणतया बदली रहनेछ । 

सुदूरपश्चिम प्रदेशका धेरै तथा बाँकी प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । कोसी, बाग्मती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा हावाहुरीसहित भारी वर्षाको पनि सम्भावना छ । 

विभागले राति लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा साधारणतयादेखि पूर्णतया बदली र बाँकी प्रदेशमा आंशिकदेखि साधारणतया बदली रहनेछ । लुम्बिनी र सुदूरपश्चिम प्रदेशका धेरै तथा बाँकी प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा साथै बाँकी प्रदेशका एकदुई स्थानमा हावाहुरी सहित भारी वर्षाको सम्भावना रहेको छ । लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा धेरै भारीदेखि अति भारी वर्षाको पनि सम्भावना रहेको विभागले जनाएको छ । 

मनसुनको न्यूनचापीय रेखा सरदर स्थानभन्दा दक्षिणतिर अवस्थित छ । हाल देशभर मनसुनी वायुको प्रभावसँगै भारतको मध्यप्रदेश र आसपास रहेको न्यूनचापिय प्रणालीको प्रभाव देखिएको छ ।