नेपाल प्रहरीमा रोजगारीको अवसर, ६४ इन्सपेक्टर र २३६ जना असईमा भर्ना खुल्यो


सेतोखरी सेतोखरी   शुक्रबार, भदौ २८, २०८१
नेपाल प्रहरीमा रोजगारीको अवसर, ६४ इन्सपेक्टर र २३६ जना असईमा भर्ना खुल्यो

नेपालगन्ज २८ भदौ : नेपाल प्रहरीमा प्रहरी निरीक्षक (इन्सपेक्टर) र प्रहरी सहायक निरीक्षक (असई) पदमा नयाँ भर्ना खुलेको छ । नेपाल प्रहरीले २३६ जना प्रहरी सहायक निरीक्षक (असई) र ६४ जना प्रहरी निरीक्षक (इन्स्पेक्टर) का लागि आवेदन माग गरेको हो ।

शुक्रवार गोरखापत्र दैनिकमा सूचना प्रकाशन गर्दै प्रहरीले ठुलो सङ्ख्यामा अधिकृत स्तर र सहायक स्तरमा भर्नाका लागि आवेदन मागेको हो । यसमा अमर÷अशक्त प्रहरी परिवार, महिला, आदिवासी जनजाती, मधेशी, दलित, पिछडिएको क्षेत्रका लागि कोटा छुट्याइएको छ ।

उक्त सूचनामा उल्लेख भएअनुसार योग्य उम्मेदवारले भदौ ३० गतेदेखि असोज ३० गतेभित्र आवेदन दिन सक्ने नेपाल प्रहरी भर्ना छनोट शाखाले जनाएको छ । 

प्रहरी निरीक्षकका लागि स्नातक तह पास गरी २० वर्ष उमेर पुगी २५ वर्ष ननाघेको हुनु पर्ने छ भने सहायक निरीक्षकका लागि भने प्रमाणपत्र तह पास गरी १८ वर्ष पुरा भई २४ वर्ष ननाघेको हुनु पर्ने छ ।

Kanti Aarogya Hospital Nepalgunj

Nepal_police_vacancy-1726206413.jpg