अकोराबभित्र चरम राजनीति हाबी, भागबण्डा मिलेपछि निर्वाचन प्रक्रिया सुरु

वर्तमान अध्यक्ष अर्जुन गिरी पुनः दोहोरिने दाउमा, विज्ञ सदस्य तुलाराज अधिकारी र लेखा समिति संयोजक भुमिराज चापागाईँको पनि अध्यक्षमा दाबी


सेतोखरी सेतोखरी   शनिबार, भदौ २९, २०८१
अकोराबभित्र चरम राजनीति हाबी, भागबण्डा मिलेपछि निर्वाचन प्रक्रिया सुरु

नेपालगन्ज २९ भदौ : सामुदायिक रेडियोहरुको छाता संगठन सामुदायिक रेडियो प्रसारक संघ(अकोराब) नेपालभित्र चरम राजनीति हाबी भएको छ । जसका कारण शनिबार नयाँ नेतृत्व चयनको प्रक्रिया अन्यौलमा प¥यो । 

संगठनबीचको भागबण्डामा कुरा नमिलेपछि शनिबार अकोराबको निर्वाचन प्रक्रिया झण्डै दश घण्टा अन्यौलमा परेको हो । नयाँ नेतृत्व चयनका लागि शनिबार बिहानलाई तोकिएको निर्वाचन प्रक्रिया ढिलोगरि बेलुका ५ बजेबाट सुरु भएको छ ।

अकोराबमा सबै संगठनलाई मिलाएर लैजाने कोसिश अनुसार भएको छलफलमा भागबण्डा मिलेपछि अहिलेलाई निर्वाचन प्रक्रिया सुरु भएकोछ । निर्वाचन प्रक्रिया अन्तरगत अहिले उम्मेदवारको मनोनयको काम चलिरहेको छ ।

निर्वाचन प्रक्रिया स्थगित हुँदा देशभरबाट पुगेका प्रतिनिधि तथा उम्मेदवारका आकांक्षीहरु अन्यौलमा परेका थिए । सामुदायिक रेडियोका पक्षमा वकालत तथा पैरबी गर्ने गैर राजनीतिक संगठन अकोराबभित्र पछिल्लो समयमा चरम राजनीति हाबी हुदै जान थालेको छ । 

Care City
Kanti Aarogya Hospital Nepalgunj

Acorab_election_ktm-1-1726313904.jpg
निर्वाचन प्रक्रिया अनुसार शनिबार बिहान ६ः३० बजे मतदाता नामावली प्रकाशन गर्ने कार्यक्रम राखिएको थियो । यस्तै बिहान ६ः३० बजेदेखी ६ः४५ बजेसम्म मतदाता नामावलीमा दाबी बिरोध राखिएको थियो, भने बिहान ६ः४५ देखी ६ः५५ बजेसम्म मतदाता नामावलीमा दाबी बिरोधमा जाँचबुझ गर्ने समय तोकिएको थियो । 

यसैगरी बिहान ७ बजे मतदाताको अन्तिम नामावली प्रकाशन, बिहान ७ः१५ बजेदेखी ८ः३० बजेसम्म उम्मेदवारको दरखास्त, बिहान ९ः३० बजे उम्मेदवारको नामावली प्रकाशन, बिहान ९ः३० बजेदेखी १० बजेसम्म उम्मेदवारको दरखास्त उपर दाबी बिरोध, बिहान १० बजेदेखी १०ः१५ बजेसम्म दाबी बिरोधको जाँचबुझ, बिहान १०ः३० बजेदेखी ११ः३० बजेसम्म उम्मेदवारी फिर्ता र बिहान ११ः५० बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने समय निर्धारण गरिएको थियो । 

निर्वाचन समितिका अनुसार शनिबार दिउँसो २ बजेदेखी ४ बजेसम्म प्रशासनिक प्रशिक्षण केन्द्र, जाउलाखेल ललितपुरमा मतदान गर्ने समय निर्धारण भएको थियो । निर्वाचन संयोजक सुबोध बाबु चिलुवालले प्राविधिक कारणले निर्वाचन प्रक्रिया स्थगित भएको बतएका थिए । समितिले सूचना नै प्रकाशित गरेर प्रक्रिया तत्कालका लागि स्थगित गरिएको जानकारी दिएको थियो ।

स्रोतका अनुसार अकोराबमा काँग्रेस निकट नेपाल प्रेस युनियन, एमाले निकट प्रेस चौतारी, माओवादी सम्बद्ध प्रेस संगठन नेपाल, नेकपा एकिकृत समाजवादी पार्टी निकट समाजबादी प्रेस संगठन लगायतबीच भागबण्डामा कुरा नमिल्दा निर्वाचन प्रक्रिया प्रभावित बन्न पुगेको थियो । अकोराबमा प्रेस युनियनले यसपटक पनि अध्यक्षमा दाबी गरेको छ ।

Nirbachan-Table_acorab-1726313053.jpeg
युनियनभित्र वर्तमान अध्यक्ष अर्जुन गिरीले एकपटक पुनः दोहोरिने ईच्छा देखाएका छन्, भने अकोराबका विज्ञ सदस्य तुलाराज अधिकारी र लेखा समिति संयोजक भुमिराज चापागाईँले पनि अध्यक्षका लागि आफ्नो दाबी कायम राखेका छन् । 

यस्तै प्रेस चौतारीले महासचिव र प्रेस सेन्टरले वरिष्ठ उपाध्यक्ष सहित विभिन्न पदमा दाबी गरेको छ । प्रेस चौतारीले महासचिवमा नवराज महतरालाई र प्रेस सेन्टरले अकोराबका पुर्वमहासचिव गोविन्द देवकोटालाई वरिष्ठ उपाध्यक्षमा अगाडी सार्ने संकेत देखाएको छ । 

अकोराबको १८ औं साधारणसभा तथा ८ औं अधिवेशनको नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठान केन्द्र, जावलाखेल ललितपुरमा शुक्रबार उद्घाटन भएको थियो । अधिवेशनले तीन वर्षे कार्यकालका लागि केन्द्र र ७ वटै प्रदेशका लागि नयाँ कार्यसमिति, पदाधिकारी निर्वाचित गर्नेछ ।