पत्रकार महासंघको निर्वाचन तालिका सार्वजनिक


सेतोखरी सेतोखरी   शनिबार, भदौ २९, २०८१
पत्रकार महासंघको निर्वाचन तालिका सार्वजनिक

नेपालगन्ज २९ भदौ : नेपाल पत्रकार महासंघको निर्वाचनको कार्यतालिका सार्वजनिक भएकोछ । नेपाल पत्रकार महासंघ केन्द्रिय निर्वाचन समितिले आगामी असोज १२ गते हुने निर्वाचन कार्यतालिका शनिबार सार्वजनकि गरेको हो । 

यो पनि पढ्नुहोस्  पत्रकार महासंघको निर्वाचन असोज १२ गते, शनिबार मतदाता सूची र निर्वाचन तालिका सार्वजनिक गरिदैँ

यसअघि असोज ५ गते तीनै तहको निर्वाचन गर्नेगरी मिति घोषणा भएकोमा महासंघले हिजो शुक्रबार असोज १२ गते निर्वाचन गर्ने निर्णय गरेको हो । अध्यक्ष विपुल पोख्रेलले राजीनामा दिएपछि परिस्थिति असहज भएपछि निर्वाचन मितिमा सामान्य हेरफेर गरिएको छ ।

यो पनि पढ्नुहोस्  पत्रकार महासंघको निर्वाचन घोषित मितिमा नै सम्पन्न गराउने निर्णय

Care City
Kanti Aarogya Hospital Nepalgunj

असोज १२ गते शनिबार निर्वाचन गर्नेगरी निर्वाचन समितिले निर्वाचन कार्यतालिका सार्वजनिक गरेकोछ । योसंगै देशभरका पत्रकारलाई चुनाव लागेकोछ । 

केन्द्रिय निर्वाचन समितिले सार्वजनिक गरेको निर्वाचन कार्यतालिका अनुसार आज भदौ २९ गते बेलुका ५ बजे मतदाताको नामावली प्रकाशन गरिएको केन्द्रिय निर्वाचन समितिका संयोजक प्रा. चिरञ्जीवी खनाल जनाए ।

यो पनि पढ्नुहोस् पत्रकार महासंघको निर्वाचन अनिस्चित, अध्यक्ष पोखरेलले दिए राजीनामा

यो पनि पढ्नुहोस्  पत्रकार महासंघको निर्वाचन असोज ५ गते हुने

कार्यतालिका अनुसार आगामी असोज ४ गते विहान १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारको मनोनयन दर्ता गरिनेछ, सोही दिन बेलुका ४ देखि ५ बजेसम्म उम्मेदवारको नामावली प्रकाशन गरिनेछ । 

यो पनि पढ्नुहोस्  सदस्यता विवादकाबीच नेपाल पत्रकार महासङ्घको निर्वाचन कार्यतालिका सार्वजनिक

यो पनि पढ्नुहोस् चुलियो पत्रकार महासंघ सदस्यता विवाद : कडा प्रतिकारमा उत्रिने युनियनको चेतावनी

यस्तै असोज ४ गते बेलुका ५ बजेदेखि असोज ५ गते दिउँसो २ बजेसम्म उम्मेदवार उपरको दाबी विरोध, असोज ४ गते साँझ ५ बजेदेखि असोज ५ गते अपरान्ह ४ बजेसम्म उम्मेदवारको नाम फिर्ता लिने, असोज ५ गते बेलुका ६ बजेसम्म उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने, असोज १२ गते विहान ९ बजेदेखि अपरान्ह ४ बजेसम्म मतदान गर्ने र सोही दिन मतदान सकिए लगत्तै मतगणा गरिने कार्ययोजना रहेकोछ । 

यो पनि पढ्नुहोस् महासचिवका कारण पत्रकार महासंघमा भाडभैलो

यस्तै प्रदेश समितिको मनोनयन दर्ता भने असोज ८ गते विहान १० बजेदेखि अपरान्ह ३ बजेसम्म र संस्थागत समिति, जिल्ला शाखा र प्रतिष्ठान शाखाको मनोनयन दर्ता असोज १० गते विहान १० बजेदेखि अपरान्ह ३ बजेसम्म गरिने कार्यतालिका रहेकोछ । 

यो पनि पढ्नुहोस् पत्रकारका ६ संगठनद्वारा असार दोस्रो साता महासंघको चुनाव गर्ने प्रतिबद्धता पुरा गर्न माग

कार्यतालिकामा उल्लेखित सबै कार्यक्रम सम्बन्धित समितिले तोकेको स्थान र समयमा सम्पन्न हुनेछ र मतदान गर्ने समय समाप्त भएपछि मतगणना कार्य सम्बन्धित निर्वाचन समितिले तोकेको स्थान र समयमा सम्पन्न गरिने केन्द्रिय निर्वाचन समितिका संयोजक प्रा. चिरञ्जीवी खनालले जानकारी दिए । 

यो पनि पढ्नुहोस्  पत्रकार महासंघको चुनाव असार दोस्रो साता

उनका अनुसार केन्द्रिय निर्वाचन निर्देशिका तथा केन्द्रिय निर्वाचन कार्यक्रम नेपाल पत्रकार महासंघको वेभसाईट तथा केन्द्रिय निर्वाचनको कार्यलयको सूचना पाटीमा टाँस गरिनेछ । यस्तै प्रदेश समिति, संस्थागत समिति, जिल्ला शाखा र प्रतिष्ठान शाखाको निर्वाचन कार्यतालिका निर्वाचन समितिले असोज १२ गते निर्वाचन सम्पन्न हुने गरि सम्बन्धित निर्वाचन कार्यालयको सूचना पाटीमा टाँस गर्नेछ । 

यो पनि पढ्नुहोस् पत्रकार महासंघले भन्यो ‘चुनावको वातावरण निर्माणका लागि सबै संवेदनशील बनौँ’  

केन्द्रिय निर्वाचन समितिका संयोजक प्रा. खनालका अनुसार नेपाल पत्रकार महासंघको प्रदेश समिति, संस्थागत समिति, जिल्ला शाखा र प्रतिष्ठान शाखाले असोज १२ गते मतदान सम्पन्न हुने गरी निर्वाचन सम्बन्धि अन्य कार्यतालिका सम्बन्धित निर्वाचन समितिले तोके बमोजिम हुनेछ। 

यो पनि पढ्नुहोस्  तालाबन्दी आवरणमा नेता पत्रकारहरूको पद लोलुपता र स्वार्थको रोइलो

उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्दा पद र निर्वाचन क्षेत्रका आधारमा देवनागरी लिपिको वर्णानुक्रमानुसार उम्मेदवारको नाम उल्लेख गरिने समितिले जनाएकोछ । 

यो पनि पढ्नुहोस्  कान्तिपुर र लैनचौर ‘मुभ’ हुँदा युनियनमा भाँडभैलो

केन्द्रिय निर्वाचन समितिको संयोजक प्रा. चिरञ्जीवी खनाल, सदस्यहरुमा अरुण पौड्याल, विष्णुमाया भुसाल, शालिकराम सापकोटा, कपिलचन्द्र पोखरेल, देवेन्द्र झा रहेका छन् भने सदस्य सचिवमा भक्तिराम घिमिरे रहेका छन् ।

FNJ_election_karyatalika-1726323356.jpeg