सुर्खेती समाज बाँकेको भेटघाट तथा भेला सम्पन्न


सेतोखरी सेतोखरी   शनिबार, भदौ २९, २०८१
सुर्खेती समाज बाँकेको भेटघाट तथा भेला सम्पन्न

नेपालगन्ज २९ भदौ : बाँकेका विभिन्न पालिकामा अस्थायी तथा स्थायीरुपमा बसोबास गरिरहेका सुर्खेतीहरुले शनिबार नेपालगन्जमा भेटघाट गरेकाछन् । 

सुर्खेती समाज बाँकेले आयोजना गरेको भेटघाट तथा भेलामा समाजलाई अझ सशक्तरुपमा अगाडी बढाउन उनीहरुले बृहत छलफल गरेका हुन् ।

surkheti_samaj_bhela-2-1726326079.jpg
जिल्लाका विभिन्न पालिकामा स्थायी तथा अस्थायीरुपमा बसोबास गरिरहेका सुर्खेती समुदायको उपस्थितीमा समाजका उपाध्यक्ष राजाराम सुवेदीको अध्यक्षतामा भएको उक्त भेटघाट तथा भेलामा कार्यसमिति विस्तार गरिनुका साथै आजिवन सदस्यता, साधरण सदस्यता तथा विभिन्न विषयमा छलफल गरिएकोछ । 

सोक्रममा सुर्खेती समाजले भोग्नु परेको समस्या, चुनौती तथा सुर्खेतीहरुलाई एकताबद्ध गर्न सामाजलाई चलयमान र सशक्त बनाउन सहभागिहरुले जोड दिएका थिए । 

Care City
Kanti Aarogya Hospital Nepalgunj

surkheti_samaj_bhela-3-1726326100.jpg
रोजगारी, अध्ययन, व्यापारव्यवसाय लगायतका सिलसिलामा बाँकेका विभिन्न पालिकामा रहेका सुर्खेतीलाई गोलबद्ध गराउन भेटघाट तथा भेलाको आयोजना गरिएको समाजका उपाध्यक्ष सुवेदीले जानकारी दिए ।

सोक्रममा मुगुका सहायक सिडियो हरिबहादुर खत्री, दैलेखी समाज बाँकेका अध्यक्ष पूर्णदेव गरी लगायत रहेका थिए । बाँकेमा सुर्खेती समुदायको बाक्लो उपस्थिती रहेकोछ ।