सामुदायिक रेडियो प्रसारक सङ्घको अध्यक्षमा पुनः गिरी निर्विरोध निर्वाचित


सेतोखरी सेतोखरी   आइतबार, भदौ ३०, २०८१
सामुदायिक रेडियो प्रसारक सङ्घको अध्यक्षमा पुनः गिरी निर्विरोध निर्वाचित

नेपालगन्ज ३० भदौ : सामुदायिक रेडियो प्रसारक सङ्घ, (अकोराब) नेपालको अध्यक्षमा पुनः अर्जुन गिरी निर्विरोध निर्वाचित भएका छन् । ललितपुरमा जारी सङ्घको १८ औं साधारणसभा तथा आठौं अधिवेशनबाट गिरी दोस्रो कार्यकालका लागि गिरी निर्विरोध निर्वाचित भएका हुन् ।

यो पनि पढ्नुहोस् अकोराबभित्र चरम राजनीति हाबी, भागबण्डा मिलेपछि निर्वाचन प्रक्रिया सुरु

त्यसैगरी अधिवेशनबाट वरिष्ठ उपाध्यक्षमा गोविन्द देवकोटा, दलित उपाध्यक्षमा गोपाल बराइली, मधेसी उपाध्यक्षमा नवीन नरसिंह नेपाली, महासचिवमा बन्दना दनुवार, सचिवमा भक्त स्याङ्तान, लेखा समिति संयोजकमा सङ्गीत बस्याल र सदाचार समितिमा टीकाजङ्ग थापा निर्विरोध निर्वाचित भएका छन् ।

कोशी प्रदेशको अध्यक्ष टेकबहादुर खड्का, गण्डकी प्रदेश अध्यक्ष ओमकार आचार्य, लुम्बिनी प्रदेशको अध्यक्ष नवीन केसी र कर्णाली प्रदेश अध्यक्षमा प्रतीक इच्छुक शर्मा पनि निर्विरोध निर्वाचित भएको निर्वाचन कमिटीले जानकारी दिएको छ ।

Care City
Kanti Aarogya Hospital Nepalgunj

Acorab_samman_congress-1726379001.jpg
यस्तै, केही प्रदेश समितिका संयोजक, सदस्य र समितिका सदस्यमा केही निर्विरोध निर्वाचित भएका छन् । जसमा बाँकेको कोहलपुरको रेडियो प्रतिबोधका स्टेशन म्यानेजर हेमन्त विक केन्द्रिय सदस्यमा निर्विरोध निर्वाचित भएकाछन् ।

निर्वाचन समितिका अुनसार निर्विरोध हुन नसकेका केही पदमा आज दिउँसो ३ बजेसम्म निर्वाचन सकिसक्ने गरि दिउँसो १ बजेदेखि मतदान हुनेछ ।

जसमा महिला उपाध्यक्ष पदका लागि मिना गुरुङ र खेमकुमारी पोखरेल, आदिवासी उपाध्यक्ष पदमा मिलन गाहा र पुष्पा चौधरी अनि कोषाध्यक्षमा तुला अधिकारी र रामनारायण सुवेदीबीच प्रतिस्पर्धा हुनेछ ।

यसैबीच, नेपाली काँग्रेस केन्द्रिय सूचना सञ्चार तथा प्रचार विभागले अकोराबको आठौं महाधिवेशनमा सहभागी प्रतिनिधि एवम सम्बद्ध पत्रकारहरुलाई आईतबार एक कार्यक्रमको आयोजना गरि स्वागत र सम्मान तथा चियापान गरेकोछ ।