पत्रकार महासंघ बाँके शाखामा तालाबन्दी


सेतोखरी सेतोखरी   आइतबार, भदौ ३०, २०८१
पत्रकार महासंघ बाँके शाखामा तालाबन्दी

नेपालगन्ज ३० भदौ : नेपाल पत्रकार महासंघ, बाँके शाखाको कार्यालयमा तालाबन्दी गरिएको छ । प्रेस चौतारी र प्रगतिशील पत्रकार समूहले संयुक्तरुपमा सदस्यता शुद्धिकरण विभेदकारी भएको भन्दै तालाबन्दी गरेका हुन् ।

यो पनि पढ्नुहोस् पत्रकार महासंघको निर्वाचन तालिका सार्वजनिक

पत्रकार महासंघको असोज १२ गते चुनावको मिति तोकिएको छ । महासंघले भदौ २९ गते शनिबार अन्तिम नामावली प्रकाशन गरेको थियो । अन्तिम नामावलीमा प्रेस युनियन र प्रेस सेन्टरको धेरै सदस्य थपिएर आएपछि चौतारी र प्रगतिशीलले असहमति जनाएका हुन् । पत्रकारितासँगै अन्य पेशामा एकै प्रकृतिका काम गर्नेमा विभेद भएको आन्दोलनकारीको भनाई छ ।

यो पनि पढ्नुहोस्  पत्रकार महासंघको निर्वाचन असोज १२ गते, शनिबार मतदाता सूची र निर्वाचन तालिका सार्वजनिक गरिदैँ

Care City
Kanti Aarogya Hospital Nepalgunj

प्रेस चौतारी बाँकेका अध्यक्ष दुर्गा रोकायले शुद्धिकरण र नयाँ सदस्यता थप्दा विभेद भएको बताए । उनले निष्पक्ष रुपमा शुद्धिकरण गर्न आग्रह गरे । 

यो पनि पढ्नुहोस्  पत्रकार महासंघको निर्वाचन घोषित मितिमा नै सम्पन्न गराउने निर्णय

नयाँ सार्वजनिक गरिएको मतदाता नामावलीमा चरम लापरवाही र विभेद गरिएको भन्दै तालाबन्दी गरिएको प्रगतिशिल पत्रकार संघका बाँके संयोजक तिलक गाउँलेले बताए । गाउँलेले बाँकेको सदस्यता सूची नसच्याएसम्म निर्वाचन हुन नदिने पनि बताए ।

यो पनि पढ्नुहोस् पत्रकार महासंघको निर्वाचन अनिस्चित, अध्यक्ष पोखरेलले दिए राजीनामा

यो पनि पढ्नुहोस्  पत्रकार महासंघको निर्वाचन असोज ५ गते हुने

पत्रकारितासँगै एनजिओमा काम गर्ने, शिक्षण पेशामा लागेकाहरु प्रेस युनियन र प्रेस सेन्टरले सदस्यता जोगाउने र थप्ने काम गरेको तर, त्यही प्रकृतिको काम गर्ने चौतारी र प्रगतिशील आवद्ध रहेकाको सदस्यता फालिएको आन्दोलनकारीको दावी रहेको छ ।

यो पनि पढ्नुहोस्  सदस्यता विवादकाबीच नेपाल पत्रकार महासङ्घको निर्वाचन कार्यतालिका सार्वजनिक

यो पनि पढ्नुहोस् चुलियो पत्रकार महासंघ सदस्यता विवाद : कडा प्रतिकारमा उत्रिने युनियनको चेतावनी

महासंघका केन्द्रिय अध्यक्ष विपुल पोखरेलले राजिनामा दिएपछि कार्यबाहक अध्यक्ष रमेश बिष्टले नयाँ मिति तय गर्दै निर्वाचन समितिलाई सिफारिस गरे अनुसार हिजो शनिबार मात्र महासंघको निर्वाचन कार्यतालिका सार्वजनिक भएको थियो । सोही अनुरुप नयाँ मतदाता नामावली सार्वजनिक भएको थियो ।

यो पनि पढ्नुहोस् महासचिवका कारण पत्रकार महासंघमा भाडभैलो

यो पनि पढ्नुहोस् पत्रकारका ६ संगठनद्वारा असार दोस्रो साता महासंघको चुनाव गर्ने प्रतिबद्धता पुरा गर्न माग

यो पनि पढ्नुहोस्  पत्रकार महासंघको चुनाव असार दोस्रो साता

यो पनि पढ्नुहोस् पत्रकार महासंघले भन्यो ‘चुनावको वातावरण निर्माणका लागि सबै संवेदनशील बनौँ’  

यो पनि पढ्नुहोस्  तालाबन्दी आवरणमा नेता पत्रकारहरूको पद लोलुपता र स्वार्थको रोइलो

यो पनि पढ्नुहोस्  कान्तिपुर र लैनचौर ‘मुभ’ हुँदा युनियनमा भाँडभैलो