नेपालगन्ज ३० भदौ : बर्दिया प्रहरीले जुवातास खेलिरहेको अवस्थामा चार जनालाई नियन्त्रणमा लिएकोछ ।
बर्दियाको बाँसगढी नगरपालिका–९, चिसापानी चोक स्थित कुशल ओलीको घरमा जुवातास खेलिरहेको अवस्थामा प्रहरीले शनिबार चार जनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा जिल्ला दैलेख भगवती माई गाउँपालिका–२ घर भई हाल बर्दिया बाँसगढी नगरपालिका–९ का ३६ वर्षीय जय बहादुर सुनार, जाजरकोट छेडागाडा नगरपालिका–६ घर भई हाल बर्दिया नगरपालिका–९ का ४४ वर्षीय प्रेम बहादुर रावल, बाँसगढी नगरपालिका–९ का २० वर्षीय कुशल ओली र बाँके बैजनाथ गाउँपालिका–६ का ३९ वर्षीय विनोद सिंह रावल रहेका छन् ।
जुवा खालबाट नगद रु ३७ हजार २ सय ७०, चार वटा मोटरसाइकल, खेलिरहेको अवस्थाको खुल्ला तास, नखोलेको तासको १७ वटा गड्डी र ५ सय ग्राम सुकुटी फेला परेको प्रहरीले जनाएको छ ।
चारै जनालाई नियन्त्रणमा लिई ईलाका प्रहरी कार्यालय मोतिपुरमा राखी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय गुलरियाका डिएसपी तुल्सीराम अर्यालले जानकारी दिए ।