आँगनमा खेलिरहेकी वीरेन्द्र पुनकी तीन वर्षीया छोरी बेपत्ता


सेतोखरी सेतोखरी   सोमबार, भदौ ३१, २०८१
आँगनमा खेलिरहेकी वीरेन्द्र पुनकी तीन वर्षीया छोरी बेपत्ता

नेपालगन्ज ३१ भदौ : आफ्नै घरको आँगनमा खेलीरहेकी तीन वर्षीया बालिका बेपत्ता भएकीछन् । 

बाँकेको खजुरा गाउँपालिका वडा नम्बर–६ सिमलघारीका वीरेन्द्र पुनकी ३ वर्षीया छोरी लक्ष्मी पुन आईतबार बेलुकी घरबाटै बेपत्ता भएकी हुन् ।

घरको आँगनमा खेलिरहेकी बालिका अचानक बेपत्ता भएपछि जंगली जनावरले लगेको हुनसक्ने स्थानीयहरूले आशंका गरेका छन् ।  

बालिका खोजी गर्दा नभेटिएपछि परिवारले गएराति १० बजे प्रहरीलाई खबर गरेका थिए । जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख तुलबहादुर कार्कीले बालिकाको खोजी भइरहेको जानकारी दिए ।

Care City
Kanti Aarogya Hospital Nepalgunj

‘जंगल नजिकैको वस्ती हो । बाघले लग्यो कि भन्ने शंका छ । हामी खोजिरहेका छौं,’ एसपी कार्कीले भने । यो समाचार तयार पार्दा सम्म हराइरहेकी तीन वर्षीया बालिका भेटिएकी छैनिन् । उनको खोजी कार्य जारी छ ।