पेट्रोलियम पदार्थको मूल्य घट्यो


सेतोखरी सेतोखरी   सोमबार, भदौ ३१, २०८१
पेट्रोलियम पदार्थको मूल्य घट्यो

नेपालगन्ज ३१ भदौ : नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ ।

निगमको आईतबार बसेको सञ्चालक समितिको बैठकले पेट्रोलमा प्रतिलिटर ४ र डिजल तथा मट्टीतेलमा प्रतिलिटर ५ रुपैयाँ घटाउने निर्णय गरेको हो । घटेको मूल्य आईतबार राति १२ बजेदेखि लागि भएको निगमले जनाएको छ ।

Care City
Kanti Aarogya Hospital Nepalgunj

नयाँ मूल्य अनुसार अब काठमाडौंमा पेट्रोलको मूल्य प्रतिलिटर १५९ र डिजल तथा मट्टीतेलको मूल्य प्रतिलिटर १४९ रुपैयाँ पर्ने भएको छ । यो मूल्य तेस्रो वर्ग अन्तर्गत पर्ने पोखरा र दिपायलमा समेत लागु हुने निगमले जनाएको छ ।

त्यस्तै दोस्रो वर्ग अन्तर्गत दाङ र सुर्खेतमा क्रमशः १५८ रुपैयाँ र १४८ रुपैयाँ तथा बाँकी पहिलो वर्ग अन्तर्गतका क्षेत्रहरूमा १५६.५ रुपैयाँ र १४६.५ रुपैयाँ मूल्य निर्धारण गरिएको निगमले जनाएको छ ।