प्रकाशमान प्रधानन्यायाधीशमा सिफारिस


सेतोखरी सेतोखरी   मंगलबार, असोज १, २०८१
प्रकाशमान प्रधानन्यायाधीशमा सिफारिस

नेपालगन्ज १ असोज : संवैधानिक परिषद्ले सर्वोच्च अदालतका वरिष्ठतम् न्यायाधीश प्रकाशमान सिंह राउतलाई प्रधानन्यायाधीशमा सिफारिस गरेको छ ।

सोमबार साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको परिषद्को बैठकले राउतलाई प्रधानन्यायाधीशमा सिफारिस गरेको उपसभामुख इन्दिरा रानाले जानकारी दिइन् ।
प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले असोज १८ गतेदेखि अवकाश पाउँदैछन् ।

Care City
Kanti Aarogya Hospital Nepalgunj

नयाँ प्रधानन्यायाधीशको संसदीय सुनुवाइ पनि गर्नुपर्ने प्रावधान छ ।