असोज ३ गते ‘नेपालगन्ज १० किमी रात्री दौड’, ‘दशौंमा दश इभेन्ट’को औपचारिक सुरुवात


विजय मल्ल विजय मल्ल   मंगलबार, असोज १, २०८१
असोज ३ गते ‘नेपालगन्ज १० किमी रात्री दौड’, ‘दशौंमा दश इभेन्ट’को औपचारिक सुरुवात

नेपालगन्ज १ असोज : आगामी असोज ३ गते संविधान दिवसका दिन ‘नेपालगन्ज १० किमी रात्री दौड’ आयोजना हुने भएकोछ । यसको तयारी पुरा भएकोछ । 

यो पनि पढ्नुहोस् दशौंमा दश इभेन्ट, चाहना आउटरिच म्यानेजर नियुक्त

धारा नेपालगन्ज म्याराथनको १० औं संस्करणलाई उत्सवमय बनाउन संविधान दिवसका दिन ‘दशौंमा दश इभेन्ट’को नेपालगन्ज १० किमी रात्री दौडको सुरुवातबाट गरिदैँछ । 

संविधान दिवसका दिन बेलुकी ८ बजे हुने रात्री दौडको उद्घाटन लुम्बिनी प्रदेश खेलकुद परिषद सदस्य सचिव तिरन गौतम र नेपालगन्ज उपमहानगरपालिकाका मेयर प्रशान्त विष्टले सामुहिकरुपमा उद्घाटन गर्ने कार्यक्रम रहेकोछ ।

Care City
Kanti Aarogya Hospital Nepalgunj

यो पनि पढ्नुहोस् नेपालगन्ज म्याराथनको दशक उत्सवमा रात्रि दौड

देशमै पहिलोपटक आयोजना हुन लागेको रात्री दौडमा व्यवसायिक र कम्तिमा ५ किमी दौडको अनुभव भएका धावकधावकीलाई मात्र सहभागी गराइने आयोजक क्रियटिभ ह्याण्डसको तयारी छ । 

उक्त दौडमा पुरुष, महिला र भेट्रानतर्फ स्पर्धा गराइनेछ । १० किमी रात्री दौडसँगै अन्यका लागि फन रनका रुपमा सहभागि गराइनेछ । पुरुष र महिलातर्फका शीर्ष तीन जनालाई क्रमशः २५ हजार, १५ हजार र दश हजार नगदले पुरस्कृत गरिने नेपालगन्ज म्याराथनका संस्थापक तथा आयोजक संस्थाका अध्यक्ष टिएस ठकुरीले जानकारी दिए । 

भेट्रानतर्फ १५ हजार, १० हजार र ५ हजार नगद पुरस्कार राखिएकोछ । रात्रीकालिन दौड भिनदै प्रकृतिको भएको हुँदा आयोजकले विशेष व्यवस्थापन, तयारी र सुरक्षा प्रबन्ध मिलाएकोछ । 

यो पनि पढ्नुहोस् नेपालगन्ज म्याराथनको दशक उत्सव मङ्सिरमा

नेपालगन्ज म्याराथनको आयोजक क्रियटिभ ह्याण्डसले धारा नेपालगन्ज म्याराथानको १० औं संस्करणलाई भब्य बनाउन अन्य विभिन्न १० इभेन्ट समेटेको छ ।

रनिङ संस्कृति बढावा दिनका लागी असोज ५ गते शनिबारदेखि हरेक हप्ताको शनिबार वर्षभरी हुनेगरी ‘साप्ताहिक रन’ कार्यक्रम गरिदैँछ । पहिलो चरणमा नेपालगन्जको वाटरपार्क, कोहलपुरको दश विगाहा मैदा र खजुराको शुक्र स्टेडियमलाई चयन गरिएकोछ । यसका लागि रेश डाइरेक्टर चन्द्रबहादुर गुरुङलाई प्रमुख जिम्मेवारी दिइएकोछ । 
यसमा हरेक नागरिकलाई प्रोत्साहन गर्न १० हप्ता, २५ हप्ता, ५० हप्ता र एक सय हप्तामा पुरस्कृत गरिनेछ । निरन्तर सहभागि भइ एक सय हप्ता पुरा गर्ने एकजनालाई कुनै अन्तराष्ट्रिय दौडमा सहभागि गराइने आयोजकको तयारी रहेकोछ । 

यो पनि पढ्नुहोस् नेपालगन्ज म्याराथनले पायो ‘एम्स’को सदस्यता

‘साप्ताहिक रन’मा बाँके जिल्ला एथ्लेटिक्स संघले साझेदारी गर्नेछ । भने कोहलपुरमा बाँके जिल्ला एथ्लेटिक्स संघका अध्यक्ष एव निर्णायक राजेन्द्र शाही, प्रशिक्षक हृदयकृष्ण मास्के र मोहन ओली, नेपालगन्जमा चाहना शाह र गगन थापा तथा खजुरामा डिबी तामाङ, सुमन बस्नेत र चन्द्रबहादुर रानाले संयोजन गर्नेछ । 

यो पनि पढ्नुहोस् नेपालगन्ज म्याराथनले अन्तर्राष्ट्रिय मान्यता पायो

यस्तै आयोजकका अनुसार म्याराथनलाई लक्षित गरि खेल संस्कृतिलाई बढावा दिन विद्यालय, कलेजमा असोज दोस्रो सातादेखि लेक्चर सिरिज सञ्चालन गरिएनेछ । जसमा ओलम्पिकको विश्वव्यापी मूल्यमान्यता, शान्ति र एकताका लागि खेलकुदको भूमिकाका बारेमा अन्तरक्रिया गरिनेछ । यसका लागि युथ ओलम्पिक एम्बेस्डर चाहना शाहलाई संयोजनको जिम्मेवारी दिइएकोछ । चाहना नेपालगन्ज म्याराथनको आउटरिच म्यानेजर पनि हुन् । 

यो पनि पढ्नुहोस् एम्सको क्यालेन्डरमा नेपालगन्ज म्याराथन, नेपाल पहिलोपटक विश्व म्याराथनको सूचिमा

यस्तै मंसिर २१ र २२ मा म्याराथन एक्स्पो सञ्चालन गरिनेछ । जहाँ नवौं संस्करणसम्मका उत्कृष्ट फोटो प्रर्दशनी गरिनेछ । भने नेपालगन्ज कनक्लेब दुई दिन सञ्चालन गर्ने आयोजकको तयारी छ । 

हरेक वर्ष मंसिर पहिलो शनिबार हुँदै आएको धारा नेपालगन्ज म्याराथनको १० औं संस्करण आउँदो मंसिर २२ गते शनिबार हुनेछ । यसपटक कर्णालीमा हुने १० औं राष्ट्रिय खेलकुद प्रतियोगिताका कारण मिति केही पर सरेको आयोजकले जनाएकोछ । 

यो पनि पढ्नुहोस् नेपालगन्ज म्याराथन विजेताले डेढ लाख पाउने

क्रियटिभ ह्याण्डसको आयोजना एवम क्रियटिभ गञ्ज मिडिया एण्ड इभेन्ट म्यानेजमेन्टको व्यवस्थापन रहेको दशौं धारा नेपालगन्ज म्याराथनले एम्सको प्रमाणीकरण रुटमार्फत नेपालगन्ज नेपालकै छैठौं पुरानो सहर नेपालगन्ज र उदीयमान सहर कोहलपुरलाई जोड्दै आएकोछ । 

यो पनि पढ्नुहोस् ‘नेपालगन्ज म्याराथनको अभिभावकत्व लिन तयार छौं’ : मेयर बिष्ट

यसैबीच, आयोजक क्रियटिभ ह्याण्डसले मङ्गलबार दशौं धारा नेपालगन्ज म्याराथनको आधिकारिक टिर्सट सार्वजनिक गरेकोछ । नेपालगन्ज म्याराथनका संस्थापक तथा आयोजक संस्थाका अध्यक्ष टिएस ठकुरी, युथ ओलम्पिक एम्बेस्डर तथा नेपालगन्ज म्याराथनको आउटरिच म्यानेजर चाहना शाह, लुम्बिनी प्रदेश खेलकुद परिषद् सदस्य डिबी तामाङ, बाँके जिल्ला एथ्लेटिक्स संघका अध्यक्ष राजेन्द्र शाही र आइटि कन्सल्टेन्ट भानुभक्त रेग्मीले उक्त टिर्सटको सामुहिकरुपमा सार्वजनिक गरेका थिए ।