भदौ महिनामा के–के गर्‍यो बाँके प्रहरीले ?


विजय मल्ल विजय मल्ल   बुधबार, असोज २, २०८१
भदौ महिनामा के–के गर्‍यो बाँके प्रहरीले ?

नेपालगन्ज २ असोज : जिल्ला प्रहरी कार्यालय बाँकेले पछिल्लो समय मासिक कार्यप्रगति सार्वजनिक गर्दै आएकोछ । मासिक कार्यप्रगति प्रतिवेदन सार्वजनिकले समग्र जिल्ला प्रहरी कार्यालय बाँकेको कार्यसम्पादन पारदर्शीता भएको छ नै यसले निर्धारित कार्यसम्पादन, लक्ष्य प्राप्ति तथा सर्वसाधरणलाई सूचनाको हकमा सोझै पहुँच बृद्धि गरिरहेकोछ । 

प्रत्येक महिनाको अन्तिममा महिनाभरी भएगरेका प्रमुख गतिविधि तथा कार्य सम्पादनलाई एकिकृत गर्दै मासिकरुपमा कार्यप्रगति विवरण सार्वजनिक गरिदाँ प्रहरी र सर्वसाधरणलाई सहजता भएको हो । 

जिल्ला प्रहरी कार्यालय बाँकेले समग्र जिल्लाको शान्ति सुरक्षा, अपराध न्यूनिकरणसँगै सर्वसाधरणलाई सुसूचित गराउनेगर्छ । यसबाट प्रहरी सहकार्य र गतिविधी तथा आन्तरिक सुदृढीकरणका प्रयासलाई थप सशक्त बनाउने अभिप्राया लिइएकोछ ।

जिल्ला प्रहरी कार्यालय बाँकेले भदौ महिनाभरी मुख्यरुपमा ५ वटा क्षेत्रमा सम्पादित प्रमुख कार्यहरुलाई आफ्नो प्रगति विवरणमा उल्लेख गरेकोछ । जसमा अपराध नियन्त्रण र कारबाही, अपराध अनुसन्धान र कारबाही, महिला बालबालिकासँग सम्बन्धित अनुसन्धान र कारबाही, समुदाय प्रहरी सहकार्य र गतिविधी तथा आन्तरिक सुदृढीकरणका प्रयासलाई मुख्य रुपमा उल्लेख गरेकोछ । 

Care City
Kanti Aarogya Hospital Nepalgunj

अपराध नियन्त्रण र कारबाही अन्र्तगत भदौ महिनाभरी जिल्ला प्रहरी कार्यालय बाँकेले एक करोड ५८ लाख ६३ हजार ४५७ रुपैयाँ बराबरको अबैध भन्सार छलिको सामान, एउटा कार, एउटा मोटरसाइकल र ५ जना व्यक्तिलाई पक्राउ गरि सम्बन्धित निकायमा पठाई कारबाही अघि बढाएकोछ । 

यस्तै ट्राफिक कारबाहीतर्फ २हजार ३ सय ७७ वटा सवारी साधनलाई कारबाही गरि १८ लाख ८३ हजार राजश्व संकलन गर्न सफल भएकोछ । 

अपराध अनुसन्धान र कारबाही अन्र्तगत भदौ महिनाभरी ६३ वटा विभिन्न मुद्दा दर्ता भएकोमा ६२ जनालाई पक्राउ गरी कानूनी दायरामा ल्याएको जिल्ला प्रहरी कार्यालय बाँकेले सार्वजनिक गरेको मासिक कार्य प्रगति विवरणमा उल्लेखछ । 

यस्तै २४ वटा पेण्डिङ विभिन्न मुद्दाहरु फच्छ्र्यौट गर्न सफल भएको जिल्ला प्रहरी कार्यालय बाँकेले भदौ महिनामा ५१ जना फरार अपराधी पक्राउ गरि उनीहरुबाट ९ वर्ष २३ दिन कैद गराउँदै एक लाख ४८ हजार ७ सय ५७ रुपैयाँ जरिवाना असूल गरेकोछ । 

भदौ महिनामा परेको ५ सय १० ठाडो उजुरीमध्ये ४ सय १४ उजुरी फच्छ्र्यौट गरेको छ भने ९१ वटा बाँकी निवेदन फच्छ्र्यौट प्रक्रियामा रहेको छ । भने लागु औषध ओसारपसार विरुद्ध योजनाबद्धरुपमा प्रहरी परिचालन गरि ८३ ग्राम ४५० मिलिग्राम ब्राउन सुगर, नाइट्राजेपाम एक हजार एक सय ३० ट्याब्लेट, ट्रामाडोल ६ सय ११ ट्याब्लेट लागुऔषधसहित २२ जना ओसारपसार कर्ताहरुलाई नियन्त्रणमा लिइ कानूनी दायरामा ल्याएकोछ । 

यसैगरी भदौ महिनामा विभिन्न समयमा हरुाएका ९ थान मोबाइल फेला पारी सम्बन्धित ब्यक्तिलाई बुझाउनुको साथै ४०७ ग्राम सुन, १० केजी चाँदी तथा ६१३ ग्राम अवैध सुनचाँदीसहित ४ जनालाई पक्राउ गरि कानूनी दायरामा ल्याईएकोछ । 

महिला बालबालिकासँग सम्बन्धित अपराध अनुसन्धान तथा कारबाही अन्र्तगत भदौ महिनामा दर्ता भएका २० वटा मुद्दामा १० जनालाई पक्राउ गरि कानूनी दायरामा ल्याइएको जिल्ला प्रहरी कार्यालय बाँकेले उक्त मासिक कार्यप्रगति विवरणमा जनाएकोछ ।

यसबीच घरेलु हिंसा सम्बन्धि ६४ वटा उजुरी प्राप्त भएकोमा ५१ वटा फच्छ्र्यौट भएको र बाँकी उजुरी माथि अनुसन्धान कारबाही प्रक्रियामा रहेकोछ। 

यस्तै हराएका महिला, बालबालिका तथा जेष्ठ नागरिक सम्बन्धमा ४२ वटा निवेद प्राप्त भएकोमा २६ जना फेला पारी अभिभावकको जिम्मा लगाइएको र बाँकीको खोजतलासको क्रममा रहेको बाँके प्रहरीले जनाएकोछ । 

जिल्ला प्रहरी कार्यालय बाँकेको मासिक कार्य प्रगति विवरण अन्र्तगत समुदाय प्रहरी सहकार्य र गतिविधिमा विभिन्न ३७ वटा सचेतनामुलक कार्यक्रम गरिएका छन् । जसमा लागुऔषधविरुद्ध ३ वटा, साइवर अपराध सम्बन्धि सचेतना ५ वटा, चोरी सम्बन्धि सचेतना ३ वटा र अल्पसंख्यकसंग प्रहरी र पानी वितरण कार्यक्रम एकएक वटा गरिएकोछ । 

यस्तै भदौ महिनाभरी ट्राफिक सचेतनातर्फ एक सय ३० वटा सचेतनामुलक कार्यक्रमहरु जस्तै लेन अनुशासन, जेब्रा क्रसिङ, ट्राफिक लाईट लगायतका कार्यक्रम गरिएकोछ । 

जिल्ला प्रहरी कार्यालय बाँकेले आन्तरिक सुदृढीकरण प्रयास अन्र्तगत बेष्ट प्रहरी यूनिट अफ द मन्थ कार्यक्रम अन्र्तगत इलाका प्रहरी कार्यालय भगवानपुरलाई भदौ महिनाको उत्कृष्ट प्रहरी इकाई घोषणा गरिएकोछ । भने आचरण विपरित कार्य गर्ने एक जना प्रहरी कर्मचारीलाई तीन पुस्तेमा जनिने गरि कारबाही गरिएकोछ । 

भदौ महिनामा नेपाल प्रहरी कार्य दक्षता मूल्याङ्कन २०८१ का लागि राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महराजगञ्जका प्रहरी अतिरिक्त महानिरीक्षक(प्रअमनि) सुदीप गरी लगायतको प्रहरी अधिकृतहरुबाट इलाका प्रहरी कार्यालय कोहलपुर र जिल्ला प्रहरी कार्यालय बाँके महिला बालबालिका तथा जेष्ठ नागरिक सेवा केन्द्रको निरीक्षण भएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएकोछ ।