राप्तीसोनारीमा हात्तीको आक्रमणबाट आमाछोरी घाइते


सेतोखरी सेतोखरी   बुधबार, असोज २, २०८१
राप्तीसोनारीमा हात्तीको आक्रमणबाट आमाछोरी घाइते

नेपालगन्ज २ असोज : राप्तीसोनारी गाउँपालिका–२ गोबारपुरमा हात्तीले आक्रमण गर्दा दुईजना स्थानीय घाइते भएका छन् । 

बाँके राष्ट्रिय निकुञ्जबाट आएको हात्तीले मंगलबार राति आक्रमण गर्दा राप्तीसोनारी–२ गोबारपुरका ४० वर्षीया लक्ष्मी बोहरा र उनकी १६ वर्षीया छोरी शान्ता बोहरा घाइते भएकी हुन् ।

Care City
Kanti Aarogya Hospital Nepalgunj

हात्तीले बस्तीमा पसेर आक्रमण गरेको गरेको थियो भने घाइतेको दुवैजनाको उपचार नेपालगन्जमा भइरहेको छ । हात्तीले आक्रमण गर्दा घाइतेको घर वरिपरि लगाइएको खेतबाली पनि नष्ट भएको छ । 

यसअघि केही दिन पहिले पनि राप्तीसोनारी गाउँपालिका–१ गाभरमा जङ्गली हात्तीले आक्रमण गरेर दुईवटा घर भत्काएको थियो । हात्तीले स्थानीय धनबहादुर बुढामगर र सरिता पुनको घरमा क्षति पुगेको राप्तीसोनारी –१ का वडाध्यक्ष यमबहादुर खड्काले बताए । उनका अनुसार सोबेला हात्तीले घर भत्काउँदा मानिसहरू समयमै भागेर ज्यान जोगाएका थिए ।