बाँके प्रहरीले ५१ जना फरार अपराधी समात्यो 


सेतोखरी सेतोखरी   ११ घण्टा अगाडि
बाँके प्रहरीले ५१ जना फरार अपराधी समात्यो 

नेपालगन्ज २ असोज : जिल्ला प्रहरी कार्यालय बाँकेले ५१ जना फरार अपराी पक्राउ गर्न सफल भएकोछ । 

विभिन्न मुद्दामा अदातलबाट कैद सजाय फैसला भइ फरार सूचीमा रहेका उनीहरुलाई पक्राउ गरिएको हो । जिल्ला प्रहरी कार्यालय बाँकेले मासिक रुपमा सार्वजनिक गर्दै आएको मासिक कार्य प्रगति प्रतिवेदनमा उक्त कुरा उल्लेखछ ।

जिल्ला प्रहरी कार्यालय बाँकेले भदौ महिनामा ५१ जना फरार अपारधीलाई पक्राउ गरि उनीहरुबाट ९ वर्ष २३ दिनको कैद गराउँदै एक लाख ४८ हजार ७ सय ५७ रुपैयाँ जरिवाना असुलेकोछ । 

यस्तै अपराध अनुसन्धान र कारबाही अन्र्तगत भदौ महिनाभरी ६३ वटा विभिन्न मुद्दा दर्ता भएकोमा ६२ जनालाई पक्राउ गरी कानूनी दायरामा ल्याएको जिल्ला प्रहरी कार्यालय बाँकेले सार्वजनिक गरेको मासिक कार्य प्रगति विवरणमा उल्लेखछ । 

Care City
Kanti Aarogya Hospital Nepalgunj

यस्तै २४ वटा पेण्डिङ विभिन्न मुद्दाहरु फच्छ्र्यौट गर्न सफल भएको जिल्ला प्रहरी कार्यालय बाँकेमा भदौ महिनामा परेको ५ सय १० ठाडो उजुरीमध्ये ४ सय १४ उजुरी फच्छ्र्यौट गरेको छ भने ९१ वटा बाँकी निवेदन फच्छ्र्यौट प्रक्रियामा रहेको छ ।

यस्तै लागु औषध ओसारपसार विरुद्ध योजनाबद्धरुपमा प्रहरी परिचालन गरि ८३ ग्राम ४५० मिलिग्राम ब्राउन सुगर, नाइट्राजेपाम एक हजार एक सय ३० ट्याब्लेट, ट्रामाडोल ६ सय ११ ट्याब्लेट लागुऔषधसहित २२ जना ओसारपसार कर्ताहरुलाई नियन्त्रणमा लिइ कानूनी दायरामा ल्याएकोछ । 

यसैगरी भदौ महिनामा विभिन्न समयमा हरुाएका ९ थान मोबाइल फेला पारी सम्बन्धित ब्यक्तिलाई बुझाउनुको साथै ४०७ ग्राम सुन, १० केजी चाँदी तथा ६१३ ग्राम अवैध सुनचाँदीसहित ४ जनालाई पक्राउ गरि कानूनी दायरामा ल्याईएकोछ । 

महिला बालबालिकासँग सम्बन्धित भदौ महिनामा दर्ता भएका २० वटा मुद्दामा १० जनालाई पक्राउ गरि कानूनी दायरामा ल्याइएको छ । यसबीच घरेलु हिंसा सम्बन्धि ६४ वटा उजुरी प्राप्त भएकोमा ५१ वटा फच्छ्र्यौट भएको र बाँकी उजुरी माथि अनुसन्धान कारबाही प्रक्रियामा रहेकोछ। 

यस्तै हराएका महिला, बालबालिका तथा जेष्ठ नागरिक सम्बन्धमा ४२ वटा निवेद प्राप्त भएकोमा २६ जना फेला पारी अभिभावकको जिम्मा लगाइएको र बाँकीको खोजतलासको क्रममा रहेको बाँके प्रहरीले जनाएकोछ । 

बाँके प्रहरीले गर्दै आएको मासिक कार्यप्रगति प्रतिवेदन सार्वजनिकले समग्र जिल्ला प्रहरी कार्यालय बाँकेको कार्यसम्पादन पारदर्शीता भएको छ नै यसले निर्धारित कार्यसम्पादन, लक्ष्य प्राप्ति तथा सर्वसाधरणलाई सूचनाको हकमा सोझै पहुँच बृद्धि गरिरहेकोछ । 

प्रत्येक महिनाको अन्तिममा महिनाभरी भएगरेका प्रमुख गतिविधि तथा कार्य सम्पादनलाई एकिकृत गर्दै मासिकरुपमा कार्यप्रगति विवरण सार्वजनिक गरिदाँ प्रहरी र सर्वसाधरणलाई सहजता भएको हो । 

जिल्ला प्रहरी कार्यालय बाँकेले समग्र जिल्लाको शान्ति सुरक्षा, अपराध न्यूनिकरणसँगै सर्वसाधरणलाई सुसूचित गराउनेगर्छ । यसबाट प्रहरी सहकार्य र गतिविधी तथा आन्तरिक सुदृढीकरणका प्रयासलाई थप सशक्त बनाउने अभिप्राया लिइएकोछ ।