डुडुवाले मनायो संविधान दिवस


सेतोखरी सेतोखरी   ८ घण्टा अगाडि
डुडुवाले मनायो संविधान दिवस

डुडुवा (बाँके) ३ असोज : डुडुवा गाउँपालिकाले संविधान दिवसको अवसरमा विभिन्न कार्यक्रम गरि मनाएको छ । दिवसको अवसरमा आज विहीबार अन्र्तक्रिया कार्यक्रम गरिएको छ । 

पालिकाले आयोजना गरेको कार्यक्रमका सहभागीहरुले नेपालको संविधानलाई पूर्ण रुपमा कार्यान्वयन गर्नुपर्नेमा जोड दिएका थिए । सहभागीहरुले विद्यामान कानूनका बारेमा आम सर्वसाधारण नागरिकहरु सचेत हुनुपर्ने भन्दै सबैले विधीको शासनलाई पालना गर्नुपर्ने बताएका थिए । 

कार्यक्रमाई सम्बोधन गर्दै पालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीले नेपालको ऐतिहासिक संविधानले सबैको भवानालाई समेटेको भन्दै यसको उपलब्धी भनेको पूर्ण कार्यन्वयन हो भने । उनले देशको मूल कानूनको रुपमा रहेको संविधानलाई सबैले पालना गर्नुपर्ने भन्दै कानूनका बारेमा जानकारी पाउनु नागरिकको अधिकार भएको बताए ।

अध्यक्ष चौधरीले स्थानीय नागरिकलाई संविधानको बारेमा जानकारी गराउनका लागि स्थानीय अवधी भाषामा संविधानलाई अनुवाद गरि निःशुल्क रुपमा वितरण गरिएको जानकारी गराए ।

Care City
Kanti Aarogya Hospital Nepalgunj

कार्यक्रममा उपाध्यक्ष शाहिदा बानो, वडा अध्यक्षहरु दुर्गा प्रसाद बर्मा, आमोद कुमार तिवारी, सगिर खाँ लगायतले संविधानको महत्व, यसको उपयोगिता लगायतमा आफ्ना धारणा राखेका थिए । कार्यक्रममा जनप्रतिनिधी, पालिकाका विभिन्न शाखा प्रमुख, कर्मचारी र अन्य सर्वसाधरणहरुको सहभागिता रहेको थियो । 

दिवसको अवसरमा पालिकाले बुधबार गाउँपालिका स्तरीय हाजिरी जवाफ तथा वक्तृत्वकला प्रतियोगिता गरेको थियो । बुधबार परेको राष्ट्रिय शिक्षा दिवसको अवसरमा अतिरिक्त क्रियाकलाप गरिएको शिक्षा शाखा प्रमुख सञ्जयकुमार कर्णले बताए ।

प्रतियोगितामा पालिकास्तरीय विभिन्न विद्यालयहरु सहभागिता जनाएका थिए । प्रतियोगितामा विजयी प्रतियोगी तथा विद्यालयलाई पालिका अध्यक्ष नरेन्द्रकुमार चौधरी, उपाध्यक्ष शाहिदा बानो लगायतले पुरस्कार वितरण गरेका थिए ।