पत्रकार महासंघको निर्वाचन अनिश्चितकालका लागि स्थगित


सेतोखरी सेतोखरी   १८ घण्टा अगाडि
पत्रकार महासंघको निर्वाचन अनिश्चितकालका लागि स्थगित

नेपालगन्ज ४ असोज : नेपाल पत्रकार महासंघको निर्वाचन कार्यक्रम अनिश्चितकालका लागि स्थगित भएको छ । केन्द्रिय निर्वाचन समितिले आज सूचना जारी गरी अर्को सूचना जारी नभएसम्मका लागि निर्वाचन कार्यक्रम स्थगित भएको जानकारी दिएको हो ।

यो पनि पढ्नुहोस् पत्रकार महासंघको निर्वाचन तालिका सार्वजनिक

यो पनि पढ्नुहोस्  पत्रकार महासंघको निर्वाचन असोज १२ गते, शनिबार मतदाता सूची र निर्वाचन तालिका सार्वजनिक गरिदैँ

नेपाल पत्रकार महासंघको नयाँ नेतृत्व चयनका लागि यही असोज १२ गते मतदान गर्ने कार्यतालिका थियो । त्यसका लागि उम्मेदवारको मनोनयन दर्ता असोज ४ गते (आज) निर्धारण गरिएको थियो ।

Care City
Kanti Aarogya Hospital Nepalgunj

यो पनि पढ्नुहोस्  पत्रकार महासंघ बाँके शाखामा तालाबन्दी

तर, नेपाल पत्रकार महासंघबाट प्राप्त पत्रअनुसार मनोनयन दर्ता लगायतका कार्यतालिकामा समावेश कार्यक्रम अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गरिएको केन्द्रीय निर्वाचन समितिले जारी गरेको सूचनामा उल्लेख छ ।
कार्यबाहक अध्यक्ष रमेश विष्टले केन्द्रिय निर्वाचन समितिलाई पत्र पठाउँदै आसन्न निर्वाचनका कार्यक्रम हाललाई स्थगित गर्न अनुरोध गरेका थिए ।

यो पनि पढ्नुहोस्  पत्रकार महासंघको निर्वाचन घोषित मितिमा नै सम्पन्न गराउने निर्णय

यो पनि पढ्नुहोस् पत्रकार महासंघको निर्वाचन अनिस्चित, अध्यक्ष पोखरेलले दिए राजीनामा

यो पनि पढ्नुहोस्  पत्रकार महासंघको निर्वाचन असोज ५ गते हुने

यो पनि पढ्नुहोस्  सदस्यता विवादकाबीच नेपाल पत्रकार महासङ्घको निर्वाचन कार्यतालिका सार्वजनिक

यो पनि पढ्नुहोस् चुलियो पत्रकार महासंघ सदस्यता विवाद : कडा प्रतिकारमा उत्रिने युनियनको चेतावनी

सोही पत्रअनुसार केन्द्रीय निर्वाचन समितिले निर्वाचन कार्यक्रम स्थगित गरेको सूचना जारी गरेको हो । सूचनामा केन्द्रीय निर्वाचन समितिका संयोजक  प्रा. चिरञ्जीवी खनाल, सदस्य सचिव भक्तिराम घिमिरे तथा सदस्यहरु अरुण पौड्याल, विष्णुमाया भुसाल, शालिकराम सापकोटा, कपिलचन्द्र पोखरेल र देवेन्द्र झाको हस्ताक्षर छ ।

यो पनि पढ्नुहोस् महासचिवका कारण पत्रकार महासंघमा भाडभैलो

यो पनि पढ्नुहोस् पत्रकारका ६ संगठनद्वारा असार दोस्रो साता महासंघको चुनाव गर्ने प्रतिबद्धता पुरा गर्न माग

यो पनि पढ्नुहोस्  पत्रकार महासंघको चुनाव असार दोस्रो साता

सदस्यता शुद्धीकरणको विषयमा विवाद हुँदा नेपाल पत्रकार महासंघको महाधिवेशन प्रभावित भएको छ । विवाद चर्किएपछि महासंघको अध्यक्ष पदबाट विपुल पोखरेलले राजीनामा दिएका छन् ।

यो पनि पढ्नुहोस् पत्रकार महासंघले भन्यो ‘चुनावको वातावरण निर्माणका लागि सबै संवेदनशील बनौँ’  

यो पनि पढ्नुहोस्  तालाबन्दी आवरणमा नेता पत्रकारहरूको पद लोलुपता र स्वार्थको रोइलो

यो पनि पढ्नुहोस्  कान्तिपुर र लैनचौर ‘मुभ’ हुँदा युनियनमा भाँडभैलो