कोहलपुर मनकामनाकी पार्वती छ दिनदेखि बेपत्ता


सेतोखरी सेतोखरी   १५ घण्टा अगाडि
कोहलपुर मनकामनाकी पार्वती छ दिनदेखि बेपत्ता

नेपालगन्ज ४ असोज : बाँकेको कोहलपुरबाट एक जना महिला छ दिनदेखि बेपत्ता भएकीछन् । कोहलपुर नगरपालिका –२ मनकामना टोलकी अन्दाजी ५० वर्षीया महिला पार्वती चन्द बेपत्ता भएकी हुन् । 

गत भदौ ३० गते दिउँसो १ बजेसम्म घरमै रहेकी र त्यसपछि सम्पर्कमा नआएको बेपत्ता महिलाकी छोरी सीता चन्दले बताइन् । छोरी सीताले घरमा कोही कसैलाई कुनै जानकारी नदिई घरबाट बेपत्ता भएको र जताततै खोजतलास गर्दा पनि हालसम्म फेला नपरेको बताईन् ।

Care City
Kanti Aarogya Hospital Nepalgunj

उनले बेपत्ता आमा पार्वतीको खोजतलास गरिदिन इलाका प्रहरी कार्यालय कोहलपुरमा उजुरी दिएको बताइन् । इलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरी निरीक्षक राजकुमार भट्टले भदौ ३१ गते खोजीका लागि उजुरी आएको र तत्पश्चात् बेपत्ता महिला पार्वतीको खोजतलास भइरहेको जानकारी दिए ।