विधान बनाउँदै सुर्खेती समाज


सेतोखरी सेतोखरी   १४ घण्टा अगाडि
विधान बनाउँदै सुर्खेती समाज

नेपालगन्ज ४ असोज : सुर्खेती समाज बाँकेलाई विधिवतरुपमा दर्ता गरि अगाडी बढाइने भएकोछ ।

बाँकेका विभिन्न पालिकामा स्थायी तथा अस्थायीरुपमा बसोबास गर्दै आएका सुर्खेती समाजलाई एकताबद्ध गरि सशक्तरुपमा अगाडी बढाउन समाजले यस्तो निर्णय गरेको हो । 

यो पनि पढ्नुहोस्  सुर्खेती समाज बाँकेको भेटघाट तथा भेला सम्पन्न

संविधान दिवसका अवसरमा हिजो समाजको अध्यक्ष पूर्णप्रसाद ढकालको अध्यक्षतामा बसेको बैठकले समाजको विधान बनाउने र संस्थालाई आधिकारिकरुपमा दर्ता गरि चलयमान गराउने निर्णय गरेको छ । 

Care City
Kanti Aarogya Hospital Nepalgunj

समाजका उपाध्यक्ष राजाराम सुवेदीका अनुसार समाजका अध्यक्ष ढकालको संयोजकत्वमा सात सदस्यीय विधान मस्यौदा समिति गठन गरिएको छ । जसमा उपाध्यक्ष राजाराम सुवेदी, कृष्णा सापकोटा, रतन बुढा र मञ्जु रिजाल सदस्यहरु रहेकाछन् । 

विधान मस्यौदा समितिले तयार पारेको विधानलाई समाजको बैठकबाट पारित गरि पूर्णाता दिने तयारी गरिएकोछ । समाजको विधान र संस्था दर्ता प्रक्रिया यही आउँदो तिहारभित्र पूर्णता पाउँछ’ समाजका उपाध्यक्ष सुवेदीले जानकारी दिए । 

यस्तै समाजले निमार्ण गर्ने विधानमा कृष्णा सापकोटा चौधरी, रेशम खत्री, उपसचिव पुसबहादुर खत्रीले आवश्यक सुझाव, सल्लाह र राय दिएका छन् । 

समाजका उपाध्यक्ष सुवेदीको अध्यक्षतामा यसअघि भएको समाजको भेटघाट तथा भेलामा समाजलाई सशक्तरुपमा अगाडी बढाउन जिल्लाका पालिका तह तथा वडास्तरमा समाजको शाखा समेत गठन गरिएकोछ ।