पर्यटन प्रबर्द्धन गर्दै ‘बिसौनी’, रैथाने खानासँगै ट्रेकिङ र जङ्गल सफारी


विजय मल्ल विजय मल्ल   २ घण्टा अगाडि
पर्यटन प्रबर्द्धन गर्दै ‘बिसौनी’, रैथाने खानासँगै ट्रेकिङ र जङ्गल सफारी

गाभर(बाँके) ५ असोज : दायाँ–बायाँ पहाडका थुम्का, घना जङ्गलदेखि अलिपर चुरे पहाड । चारैतिर हरियाली शान्त र मनोरम दृष्य । त्यही दृष्यकै छेउमा छ आर्कषक डिजाईन र रंगरोगनले सजिएको बिसौनी ग्रिनरी रिसोर्ट । पहिलो पटक आउने जोकोही मन्त्रमुग्ध हुन्छन् ।

रिसोर्टका आकर्षक भवन संरचना प्रवेशद्वारमै रहेको झरनालगायतको हरियाली वातावरणले पाहुनालाई आकर्षित गर्ने गरेको छ । यति मात्र होइन बिसौनी रिसोर्ट सञ्चालनमा आएपछि अहिले यस क्षेत्रमा आन्तरिक पर्यटकको चहलपहल बढ्दै गएको छ । 

Bisauni_minigavar_risort-2-1726910299.jpg
नेपालगन्ज, कोहलपुरलगायतका ठाउँबाट दैनिक रुपमा घुम्न र बस्न आउने पाहुनाको सङ्ख्या बढ्दो रहेको छ । रत्नराजमार्ग(कोहलपुर–सुर्खेत) सडकखण्डदेखि सात सय मिटर पूर्व ग्राभेल बाटो भएर पुगिन्छ बिसौनी ग्रिनरी रिसोर्ट । 

बाँके चिसापानी गाउँपालिका वडा नम्बर–१ मिनी गाभरक्षेत्रमा स्थानीय स्वाद, संस्कृति र परम्पराको संरक्षण गर्दै पर्यटन प्रवद्र्धनका लागि रिसोर्ट सञ्चालनमा आएपछि अहिले यस क्षेत्रमा आन्तरिक पर्यटकको चहलपहल बढ्दै गएको हो ।
ग्रामीण क्षेत्रमा रहेको बिसौनीले सो क्षेत्रको भौगोलिक तथा सांस्कृतिक वस्तुस्थिति र रहनसहनसँग मिल्नेगरी अर्गानिक खानेकुराका परिकारलाई प्राथमिकता दिँदै आएको छ ।

Care City
Kanti Aarogya Hospital Nepalgunj

१२ करोड रुपैयाँको लगानीमा सञ्चालित सुविधा सम्पन्न बिसौनी ग्रिनरी रिसोर्टले गाभरमा स्थानीय स्वाद, संस्कृति र परम्पराको संरक्षण गर्दै पर्यटन प्रवद्र्धन गरिरहेको छ ।

Bisauni_minigavar_risort-3-1726910322.jpg
स्थानीय स्वाद, संस्कृति र परम्पराको संरक्षण गर्दै पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले रिसोर्ट सञ्चालनमा आएको बताउने रिसोर्टका महाप्रबन्धक केशवप्रसाद चालिसेले भने ‘गाभर क्षेत्रमा होमस्टे सञ्चालन हुँदै आएका छन्, अझैँ स्तरीय सेवा सुविधा प्रदान गर्दै पर्यटन प्रवद्र्धनमा आवश्यक पर्ने न्यूनतम पूर्वाधारसहित हामी उपस्थित भएका छौँ’, उनले अगाडी थने, ‘ग्रामीण क्षेत्रमा यहाँको भौगोलिक तथा सांस्कृतिक वस्तुस्थिति र रहनसहनसँग मिल्नेगरी अर्गानिक खानेकुराका परिकारलाई प्राथमिकता दिँदै आएका छौं ।’

मिनी गाभरक्षेत्रमा रहेको बिसौनीमा मार्सी चामलको भात, थारु समुदायका परिकार, घोंगीसमेत पाहुनालाई उपलब्ध गराउने गरेको महाप्रबन्धक चालिसेले जानकारी दिए ।

Bisauni_minigavar_risort-6-1726910350.jpg
अर्गानिक माछा मासु तथा तरकारीका लागि पाँच बिघा क्षेत्रफलको जमिनमा होटलले आफ्नै अष्ट्रिज, हाँस, लोकल कुखुराको फार्म, माछापोखरी पनि सञ्चालन गर्दै आएको छ । बाँके राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा अवस्थित बिसौनीले पर्यटन प्रवद्र्धनका लागि पदयात्रा, हाइकिङ्ग, गाडी, घोडा र साइकल चढेर जङ्गल सफारीको व्यवस्थासमेत गरेको छ । मुलतः आन्तरिक पर्यटन प्रर्वद्धनलाई जोडेर अघि सारिएको यो योजना दशैं सकिएलगत्तै पदयात्रा गराईनेछ ।

रिसोर्टका प्रबन्ध निर्देशक उपेन्द्रकुमार शाहीले भने, ‘बिसौनीमा हालसम्म १२ करोड रुपैयाँ लगानी भइसकेको छ, अझै धेरै संरचना निर्माणका क्रममा रहेका छन् ।’ 

Bisauni_minigavar_risort-5-1726910372.jpg
शाहीका अनुसार रिर्सोटमा हाल स्विट र डिलक्स गरि १२ वटा रुम छन् । चार तारे मापदण्ड पुरा गर्न रिर्सोटले संरचना बनाइरहेकोछ । त्यो लक्ष्य एक वर्षमा पुरा गरिसक्ने गरि थप २५ वटा रुम, एउटा जिम, स्वमीङ्ग पुल र तीन सय जना अट्ने हल निर्माणको कार्य भइरहेकोछ । बाँकेमा पर्यटन प्रवद्र्धनमा सघाउ पुर्याउन रिसोर्ट सञ्चालन गरेको प्रबन्ध निर्देशक शाहीले बताए ।

पछिल्लो समय बाँकेको पर्यटकीय क्षेत्र गाभर क्षेत्रमा पर्यटक बढेपछि होटल व्यवसायमा लगानी थपिँदै गएको गाभर भ्याली सामुदायिक होमस्टे व्यवस्थापन समितिका अध्यक्ष कृष्ण चौधरी बताउँछन् ।

Bisauni_minigavar_risort-7-1726910391.jpg
चौधरी भन्छन्–‘गाभर क्षेत्रमा घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटकलाई समेत लक्षित गरि यहाँ सञ्चालित सामुदायिक घरबास (होमस्टे)ले धमाधम स्तरोन्नति गर्न थालेका छन् । यहाँ सुविधा सम्पन्न रिसोर्ट पनि थपिएका छन् ।’ पर्यटकलाई स्तरीय सेवा दिन लगानी थप गरी यहाँका होमस्टे र होटलको स्तरोन्नति भइरहेको अध्यक्ष चौधरीको भनाईछ ।

आन्तरिक पर्यटकलाई अधिकतम सुविधा दिँदै बाह्य पर्यटकलाई समेत लक्षित गरी होमस्टेमा लगानी थप भइरहेको उनले बताए ।

Bisauni_minigavar_risort-4-1726910415.jpg