श्रीस्थान मन्दिर ब्यवस्थापनद्वारा कारबाहीको माग


श्रीस्थान मन्दिर ब्यवस्थापनद्वारा कारबाहीको माग

नेपालगन्ज: नेपालगन्ज उपमहानगरपालिकाले सहमतिका आधारमा श्रीस्थान जङ्गगलमा गाई–गोरु छोड्न पठाएको जिकिर गरिरहेका बेला श्रीस्थान मन्दिर व्यवस्थापन समिति, दैलेखले आफूहरुलाई यस विषयमा केही जानकारी नभएको बताएको छ ।

शनिबार एक विज्ञप्ती जारी गर्दै गाई–गोरुहरु श्रीस्थान जङ्गलमा छोड्ने विषयमा कोही कसैसंग पनि छलफल, सहमति नभएको भन्दै नेपालगन्ज उपमहानगरपालिकाका मेयर डा.राणाले झुठो बोली पवित्र धार्मिक स्थलको बद्नाम गरेको आरोप लागएकोछ ।

विज्ञप्तीमा सुर्खेतको कट्कुवामा भएको गौहत्या घट्नाप्रति घोर आपत्ति जनाउँदै उक्त कार्यमा यो या त्यो ढंगबाट संलग्न जोसुकै भएपनि कडाभन्दा कडा कारबाहीको माग गरिएकोछ ।

श्रीस्थान मन्दिर व्यवस्थापन समितिका कार्यबहाक अध्यक्ष केशवराज थापा र मन्दिरका महन्त गोकर्णनाथ योगीद्वारा हस्ताक्षरित विज्ञप्तीमा सो उल्लेखछ ।

Kanti Aarogya Hospital Nepalgunj

यता नेपालगन्ज उपमहानगरपालिकाका मेयर डाक्टर धवलशम्सेर राणाले यहाँ स्थित काञ्जी हाउसमा रहेका गाई–गोरुहरु दैलेखको श्रीस्थानको जङ्गलमा उपमहानगरपालिकाले नै पठाएको बताएका छन् ।

सेतोखरीसँग कुरा गर्दै मेयर राणाले भने–‘त्यहाँका स्थानीयले गाईपालनमा चासो देखाई उपमहानगरपालिकामा गाई पाउँ भनि निवेदन दिएका कारण केही गाई किसानहरुका लागि र केही श्रीस्थान जङ्गलमा छोड्नका लागि पठाइएको हो ।’

बिहीबार राती दैलेख लैजानेक्रममा सुर्खेतको कट्कुवा जङ्गल नजिक ट्रकमा लोड गरिएका गाई–गोरुहरु मरेको जिकिर गर्दै मेयर राणाले भिरबाट खसालेर गौ हत्या गरिएको भन्ने कुरा निराधार भएको दावि समेत गरेकाछन् । नेपालगन्जबाट लोड गरि पठाइएका ट्रकमा उपमहानगरपालिकाका कर्मचारी समेत गएको हुँदा त्यसरी भिरबाट खसाएर गौ हत्या गर्ने कुरै हुननसक्ने उनको भनाईछ ।

सुर्खेतको कट्कुवामा विहीबार राती नेपालगन्जबाट दैलेखका लागि लगिएका करिब ३ सय गाईमध्ये २२ वटा हत्या भएकोछ । कर्णाली प्रदेश प्रहरी प्रमुख पुर्णचन्द्र जोशीका अनुसार दैलेख लैजान लागिएका ठूलो मात्रका गाई कट्कुवा क्षेत्रमा शुक्रबार साँझ सम्म छरपस्ट देखिएका छन् ।, भने मरेका गाईको प्रारम्भिक अनुसन्धान गर्दा भिरबाट खसाएको हुनसक्ने देखिन्छ ।

सुर्खेतको कट्कुवामा मरेका २२ वटा गाई–गोरुको घटना झन् रहस्यमयी बन्दै गएकोछ । नेपालगन्ज उपमहानगरपालिका र श्रीस्थान मन्दिर ब्यवस्थापन समिति, दैलेखले जारी गरेका विज्ञप्ती बाझिएपछि गौहत्याको घटना झन रहस्यमयी बनेको हो ।

यकातिर नेपालगन्ज उपमहानगरपालिकाले पूर्व सहमति र छलफलका आधारमा नेपालगन्जस्थित काञ्जी हाउसबाट गाई–गोरु पठाइएको बताएकोछ । भने त्यसको खण्डन गर्दै दैलेखको भैरवी गाँउपालिका र श्रीस्थान मन्दिर व्यवस्थापन समितिलाई यसबारे आधिकारिक जानकारी नभएको जनाएकोछ ।