विपुलको गीत ‘बोल मन खोल’ सार्वजनिक


सेतोखरी सेतोखरी   २ घण्टा अगाडि
विपुलको गीत ‘बोल मन खोल’ सार्वजनिक

नेपालगन्ज ७ असोज : पत्रकार तथा गीतकार विपुल पोखरेलको गीत सार्वजनिक भएको छ । ‘बोल मन खोल’ बोलको गीतमा विपुलको शब्दरचना छ ।

नेपाल पत्रकार महासंघका निवर्तमान अध्यक्ष समेत रहेका उनको गीतमा सञ्चारकर्मी देवेन्द्र बस्नेतले स्वर दिएका छन् । जीवन, जगत र मानवीय दर्शन झल्किने गीतमा सन्तोष श्रेष्ठले संगीत भरेका छन् । 

Care City
Kanti Aarogya Hospital Nepalgunj

पोखरेलले यसअघि आधा दर्जन गीत लेखिसकेका छन् । गीतमा भिडियो संयोजन सञ्चारकर्मी सुदन थापाले गरेका छन् । 

‘म व्यावसायिक गीतकार होइन । फुर्सदको समयमा गीत लेख्छु,’ उनी भन्छन्, ‘यो मेरो रहर पनि होला । नयाँ प्रतिभाहरूलाई अवसर पनि सिर्जना गर्ने हिसाबले पनि गीत लेख्दै आएको छु ।’