रक्सी खाएका छोराले आफ्नै पिताको पिर्काले हानेर गरे हत्या


सेतोखरी सेतोखरी   २ घण्टा अगाडि
रक्सी खाएका छोराले आफ्नै पिताको पिर्काले हानेर गरे हत्या

कोहलपुर ७ असोज : रक्सी खाएका छोराले आफ्नै पीताको पिर्काले हानेर हत्या गरेकाछन् । बाँकेको कोहलपुर नगरपालिका–८ पिपरीमा छोराले पिर्काले हानेर पिताको हत्या गरेका हुन् । 

बाबु र छोराको झगडा परेपछि छोराले बुवालाई पिर्काले हान्दा गम्भीर घाईते भएका उनको उपचारका क्रममा मृत्यु भएको ईलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ ।  

ईलाका प्रहरी कार्यालय कोहलपुर कोहलपुरका अनुसार कोहलपुर नगरपालिका–८ पिपरीका ७० वर्षीय नैनसिंह क्षेत्रीलाई उनकै छोरा दीपबहादुर क्षेत्रीले पिर्काले हानेर हत्या गरेको हुन् ।

गम्भीर घाइते क्षेत्रीको उपचारको क्रममा मेडिकल कलेजमा मृत्यु भएको इलाका प्रहरी कार्यालय कोहलपुरले जनाएकोछ । आफूले हानेर पिताको हत्या गरेको छोरा दीपबहादुरले स्वीकारेका छन् ।

Care City
Kanti Aarogya Hospital Nepalgunj

प्रहरीको प्रारम्भिक अनुसन्धानका अनुसार राति दुवै जनाले रक्सी खाएको र केही समयपछि दुवैबीच झगडा भएको देखिन्छ । सोही समयमा छोराले बुवालाई पिर्काले हानेर दाहिने हातको नाडी, बायाँ आँखामा र बायाँ खुट्टाको घुँडा मुनी चोट लागेको अवस्थामा नेपालगन्ज मेडिकल कलेजमा उपचार गराउन लगिएको थियो । 

प्रहरीका अनुसार पिर्का प्रहार गर्ने छोरा दीपबहादुर क्षेत्रीलाई पक्राउ गरि आवश्यक अनुसन्धान अघि बढाइएकोछ ।