लगातारको वर्षाले १२ जिल्लामा बाढी–पहिरोको विपत्ति, ९ जनाको मृत्यु, १० जना बेपत्ता


सेतोखरी सेतोखरी   शनिबार, असोज १२, २०८१
लगातारको वर्षाले १२ जिल्लामा बाढी–पहिरोको विपत्ति, ९ जनाको मृत्यु, १० जना बेपत्ता

नेपालगन्ज १२ असोज : बिहीबार रातिदेखि परेको अविरल वर्षाका कारण देशभर बाढी पहिरोले विपत्ति निम्त्याएको छ । शुक्रबार साँझदेखि शनिबार बिहान दश बजेसम्म १२ जिल्लामा बाढी—पहिरोले क्षती पु¥याएको सशस्त्र प्रहरीले जानकारी दिएको छ ।

योबीच बाढी पहिरोमा परी ९ जनाले जनाको मृत्यु भएको छ । हालसम्म १० जना बेपत्ता रहेको सशस्त्र प्रहरीको सहप्रवक्ता शैलेन्द्र थापाले जानकारी दिए ।

उनका अनुसार पाँचथरमा दुई, धनकुटामा दुई, झापामा एक, ललितपुरमा एक, काभ्रेमा तीन जनाको मृत्यु भएको हो । झापमा एक जनालाई बाढीले बगाएको हो भने बाँकी पहिरोमा परेर मृत्यु भएको हो ।

त्यस्तै बेपत्ता हुनेमा ललिपुरमा पहिरोमा परेका छ जना, धादिङमा खोलाले बगाएर एक, काठमाडौंमा बाढीले बगाएर एक, धनकुटामा दुई जना सम्पर्कविहीन भएको सशस्त्रको तथ्यांक छ ।

Kanti Aarogya Hospital Nepalgunj

अहिलेसम्म १६२ घरमा भौतिकरूपमा क्षति पु¥याएको छ भने ६ सय १९ जनालाई सशस्त्रले उद्धार गरेको छ।  उद्धारका लागि १ हजार ९८ जना सशस्त्र खटिएका छन् । देशभर अझै वर्षा र बाढीपहिरो गइरहेकोले मृतक र बेपत्ता हुनेहरुको संख्या बढ्न सक्ने बताइएकोछ ।