पढ्न गएका शिक्षक विद्यार्थी बीचमै फसे
नेपालगन्ज १२ असोज : दुई दिनको अविरल वर्षाका कारण आएको बाढी पहिरोले काभ्रेपलाञ्चोकमा अहिलेसम्म ३ जनाको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यलय काभ्रेपलाञ्चोकका अनुसार एक बालिकासहित ३ जनाको मृत्यु हुँदा ११ जना बेपत्ता भएका छन् । यस्तै बाढीबाट १० जनाको उद्धार गरिएको छ भने एक जना घाइते भएका छन् ।
यस्तै काभ्रेको बनेपा नगरपालिका, बेथमनचोक गाउँपालीका, तेमाल गाउँपालीका र रोशी गाउँपालीकामा क्षति पुगेको ।
रोशी खोलामा आएको बाढीले समेत बगाएको छ । रोशी बाली भित्र्याउने बेला धानमा समेत ठूलो क्षति पुगेको छ । बाढीले काभ्रेपलाञ्चोकमा अरनिको र बीपी राजमार्ग अवरुद्ध भएका छन् ।
पढ्न गएका शिक्षक विद्यार्थी बीचमै फसे
बाढीका कारण दुम्जाको कुशेश्वर मन्दिरमा रहेको गुरुकुलमा २८ जना विद्यार्थी र शिक्षक गरी ३३ जना फसे विद्यार्थीहरू फसेका छन् । दायाँ–बायाँ रोशी खोलामा बाढी बढेपछि विद्यार्थी र शिक्षक मन्दिरको बीचमै फसेको हुन् । तीनतिरबाट रोशी खोलाले कटान गरिरहेको छ ।