जलमग्न काठमाडौँ उपत्यका, आधा क्षेत्रमा विद्युत बन्द


सेतोखरी सेतोखरी   शनिबार, असोज १२, २०८१
जलमग्न काठमाडौँ उपत्यका, आधा क्षेत्रमा विद्युत बन्द

नेपालगन्ज १२ असोज : निरन्तरको अविरल वर्षाका कारण काठमाण्डौं उपत्यकाको धेरै ठाउँको विद्युत् आपूर्ति प्रभावित भएको छ । वर्षाले विद्युत् प्रसारण तथा वितरण प्रणालीका पूर्वाधारहरूमा क्षति पु¥याउँदा आपूर्ति प्रभावित भएको हो । 

बानेश्वर सबस्टेसनबाट ललितपुरको गोदावरी, इमाडोल, लुभु च्यासल क्षेत्रमा विद्युत् आपूर्ति भएका फिडहरू प्रभावित भएका छन् । भक्तपुर सबस्टेसनबाट खोपासी, नलिनचोक र बोडे खानेपानीलाई विद्युत् आपूर्ति दिइएका फिडर बन्द छन् ।

त्यस्तै पाटन सबस्टेसनबाट विद्युत् आपूर्ति दिइएका खुमलटार, इमाडोल, सातदोबाटो, गोदावरी, हात्तिवन, चापागाउँ,खोकना, चक्रपथ, हरिसिद्धि, रेडियो नेपाल र लुभु फिडर बन्द छन् । 

लैनचौर सबस्टेसनबाट विद्युत् आपूर्ति दिइएको गैरीधारा फिडर बन्द छ। टेकु सबस्टेसनबाट विद्युत् आपूर्ति दिइएका कीर्तिपुर, बागमती, ताहाचल, सुन्धारा, कालिमाटी, चक्रपथ र चःमती फिडर प्रभावित भएका छन् । 

Kanti Aarogya Hospital Nepalgunj

नयाँ चाबहिल सबस्टेसनबाट विद्युत् आपूर्ति भइरहेका हाँडीगाउँ तथा कालोपुल र स्युचाटार सबस्टेसनबाट विद्युत् आपूर्ति भइरहेका कलंकी, बलम्बु रोपवे फिडर प्रभावित भएका छन् । 

प्राधिकरणले विद्युत आपूर्ति जति सक्दो छिटो सुचारु गर्न टोली खटाएको भएपनि धेरै ठाउँ जलमग्न भएको र नदीको सतह बढेकाले लाइन चलाउन अप्ठ्यारो भइरहेको छ । काठमाडौं उपत्यकाको विद्युत् माग सामान्य अवस्थामा करिब ४०० मेगावाट हुने गरेकोमा शनिबार करिब २०० मेगावाट मात्र रहेको बताए ।