नेपालगन्ज १३ असोज : अविरल वर्षासंगै आएको बाढी पहिरोबाट ज्यान गुमाउनेको संख्या बढ्दो क्रममा रहेकोछ । आईतबार विहान १० बजेसम्मको प्राप्त तथ्यांकमा हालसम्म १०० जनाले ज्यान गुमाएकाछन् ।
बाढीपहिरो र डुबानमा परी हालसम्म १०० जनाको मृत्यु हुँदा ६७ जना बेपत्ता भएका छन् भने १०१ जना घाइते भएका छन् । यो संख्या अझैं बढ्नसक्ने आँकल गरिएकोछ ।
गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीका अनुसार ललितपुरमा १८, धादिङमा १५, काठमाडौंमा २५, काभ्रे १०, मकवानपुर सात, सिन्धुपाल्चोक छ जना, सोलुखुम्बु पाँच, पाँचथर पाँच, भक्तपुर पाँच जनाको मृत्यु भएको छ ।
यस्तै, दोलखामा तीन, सिन्धुलीमा दुई, धनकुटा दुई, महोत्तरी दुई, रामेछाप एक, झापा एक, उदयपुर एक, इलाम एक, सप्तरी एक र नुवाकोटमा एक जनाको मृत्यु भएको उनले जानकारी दिए ।
बाढीपहिरो प्रभावित क्षेत्रमा खोजी र उद्धारका लागि ९,९८३ सुरक्षाकर्मी परिचालन गरिएको छ । गृहमन्त्रालयका अनुसार हालसम्म तीन हजार ३९ जनाको उद्धार गरिएको छ ।
बाढी पहिरोमा परी ललितपुर, धादिङ, काठमाडौँ, काभ्रे, मकवानपुर, सिन्धुपाल्चोक, सोलुखुम्बु, पाँचथर, भक्तपुर, दोलखा, सिन्धुली, धनकुटा, महोत्तरी, रामेछाप, झापा, उदयपुर , इलाम, सप्तरी र नुवाकोटमा मानवीय क्षति भएको छ ।
बाढीपहिरो प्रभावित क्षेत्रमा खोजी र उद्धारका लागि नौ हजार नौ सय ८३ सुरक्षाकर्मी परिचालन गरिएका तथा हालसम्म तीन हजार ३९ जनाको उद्धार गरिएको छ ।