भद्रगोल नेपालगन्जको ट्राफिक व्यवस्थापन


सेतोखरी सेतोखरी   बुधबार, असोज १६, २०८१
भद्रगोल नेपालगन्जको ट्राफिक व्यवस्थापन

नेपालगन्जको त्रिवेणीमोडदेखि एकलैनी जानेबाटोसम्म लागेको ट्राफिक जाम । तस्विर: विजय मल्ल/ सेतोखरी

नेपालगन्ज १६ असोज : नेपालगन्जको ट्राफिक व्यवस्थापन भद्रगोल पाइएकोछ । चाडबाड नजिकिएसंगै नेपालगन्जमा सर्वसाधरणको भीडभाड बढेसंगै नेपालगन्जको ट्राफिक व्यवस्थापन भद्रगोल भएको हो । 

नेपालगन्जको त्रिवेणीमोडदेखि त्रिभुवनचोकसम्मको बजार क्षेत्रमा ट्राफिक व्यवस्थापनमा सम्बद्ध सरोकारवाला उदासिन बन्दा बुधबार सवारी साधनको लामो जाम नै लाग्यो । 

उक्त सडक क्षेत्रमा इरिक्सा, मोटरसाईकल, ठेला र चारपाङ्ग्रे सवारी साधनको जाम त्रिवेणीमोडदेखि दक्षिण एकलैनि जाने बाटोसम्म लागेको थियो । उक्त जाम खुलाउन त्यहाँ न ट्राफिक प्रहरी नै थिए न त नगर प्रहरी नै थिए । लामो समयसम्म जाम लाग्दा सर्वसाधरणलाई सास्ती भएको थियो । 

यता ट्राफिक व्यवस्थापनका नाममा नेपालगन्जको गणेशमान चोकदेखि पूर्व चारबाहीनी चोक जोड्ने सडक एकतर्फी सञ्चालन गरिएको बताइरहेको बाँके प्रशासन र ट्राफिक कार्यालयलाई उक्त भीडले भने गिज्याईरहेको थियो । 

Kanti Aarogya Hospital Nepalgunj

त्रिवेणीमोडदेखि एकलैनी जाने बाटोसम्म लागेको सवारीसाधनको लाम देखेर सर्वसाधरण दायाँबायाँका गल्लीबाट गन्तब्यमा पुगेका थिए । करिब पौने घण्टाको लागेको उक्त जाम खुलाउन त्यहाँ कोही पुगेका थिएनन् ।

नेपालगन्जको ट्राफिक ब्यवस्थापन अस्त–ब्यस्त भइरहेका बेला केही सुधारको प्रयास थालिएको आशा गरेका नगरबासीले जिल्ला प्रशासन कार्यालय बाँके, जिल्ला प्रहरी कार्यालय बाँके, नेपालगन्ज उपमहानगरपालिका र जिल्ला ट्राफिक कार्यालयको अदूरगामी योजना छताछुल्ल बनाएको छ । 

sadarline_traffice-2-1727879419.jpg
पछिल्लो समयमा बढ्दो सवारी चापका कारण नेपालगन्जको ट्राफिक ब्यवस्थापनमै चुनौती थपिएका बेला नेपालगन्जका विभिन्न चोक, सडक र गल्लीमा मनपर्दी सवारी साधन घुइकिने र पार्किङ हुने गरेकोछ । 

उता गणेशमान चोकदेखी चारबाहिनी चोक जोड्ने सडकलाई एकतर्फी गराइएको छ । त्यो सडकको पनि उस्तै हालत छ । हरेक दिन विहान ९ बजेदेखि बेलुका ६ बजेसम्म एकतर्फी सवारी आवागमन गराउने भनिएपनि त्यसको पूर्णरुपमा पालना भएको छैन ।

चाडबाडका बेला विशेषगरी नेपालगन्जको त्रिभुवन चोकदेखि त्रिवेणी मोडसम्म, त्रिभुवन चोकदेखि विपी चोकसम्म, त्रिवेणी चोकबाट बागेश्वरी मन्दिर हुँदै घरबारीटोलबाट धम्बोझी चोकसम्म, सेतुविक चोकदेखि धम्बोझी चोकसम्म, रानी तलाउको क्षेत्रमा सर्वसाधरणको भीडभाड हुने गर्छ तर यी क्षेत्रमा प्रयाप्तमात्रामा ट्राफिक व्यवस्थापन गरिएको पाइदैन ।

यी क्षेत्रका सडकमा एकतर्फी सडक सञ्चालन गर्न र तीनपाङ्ग्रे, साना, मझौला र ठूला सवारी साधन प्रवेश निषेध गर्न पटकपटक माग उठेपनि सम्बद्ध सरोकारवाला कानमा तेल हालेर तमासा हेरि बसेको हुन्छ ।
नेपालगन्ज शहरमा मनपर्दी बाटो नाँघ्ने, जेब्रा क्रसिङ्गमा सवारीसाधन रोक्ने, अस्तब्यस्त अटो र इरिक्सा, सडकभरी छाडा पशुचौपाया, फुटपाथ अतिक्रमण र निमार्ण सामाग्रीसंग पसलका सामान राखिनुले यहाँको ट्राफिक व्यवस्थापन रिस उठ्दो र घिन लाग्दोछ ।

तस्विर: विजय मल्ल/सेतोखरी