कोहलपुर उद्योग वाणिज्य सङ्घको निर्वाचन : नेतृत्वका लागि प्रगतिशील र लोकतान्त्रिकबीच भिडन्त

दुवै समुहको जितको दाबी, घटे मतदाता 


सेतोखरी सेतोखरी   बिहीबार, असोज १७, २०८१
कोहलपुर उद्योग वाणिज्य सङ्घको निर्वाचन : नेतृत्वका लागि प्रगतिशील र लोकतान्त्रिकबीच भिडन्त

नेपालगन्ज १७ असोज : आगामी कार्तिक ३ गते हुने कोहलपुर उद्योग वाणिज्य सङ्घको निर्वाचनका लागी दुई वटा समुहले बिहीबार मनोनयन दर्ता गरेका छन् । निर्वाचन समितिले दिएको जानकारी अनुसार २ वटा समुह बनाएर व्यवसायीहरूले मनोनयन दर्ता गरेका हुन् ।

पहिलो चरणमा प्रगतिशील व्यवसायी समुह र दोस्रो चरणमा प्रजातान्त्रिक व्यवसायी समुहले मनोनयन दर्ता गरेको समितिका सदस्य जय कृष्ण न्यौपानेले जानकारी दिए । उनका अनुसार सबै पदमा दुई जनाको उम्मेदवारी परेको छ । 

अञ्जना धितालको नेतृत्वमा प्रगतिशील व्यवसायी समुह र प्रदीप भट्टराई नेतृत्वमा प्रजातान्त्रिक व्यवसायी समुहले मनोनयन दर्ता गरेको हो ।

प्रगतिशील समुहबाट अञ्जना धिताल अध्यक्ष, बरिष्ठ उपाध्यक्षमा भुपेन्द्र काफ्ले, उद्योग तर्फको उपाध्यक्षमा अर्जुन सुवेदी, वस्तुगत उपाध्यक्षमा रूपक भुजेल, महासचिवमा दीपक अर्याल, उपमहासचिवमा गोपाल अधिकारी, कोषाध्यक्षमा गङ्गा बगाले, सह–कोषाध्यक्षमा टङ्क खनाल रहेका छन् । 

Kanti Aarogya Hospital Nepalgunj

त्यसैगरी सदस्यहरूमा रबि कर्माचार्य, मोतिप्रसाद सुवेदी, भवानी प्रसाद कडेँल, अस्मिता केसी, चक्रबहादुर केसी, परिर्वतन विश्वकर्मा, राजिव शर्मा, प्रतिभा खड्का, अंकित सिग्देल, एकबहादुर खड्का, खगेन्द्र बहादुर शाही, कृष्ण रानाभाट, एसोसिएटतर्फ दिपेश खनालको उम्मेदवारी दर्ता गराएको निर्वाचन समितिले जनाएको छ ।

लोकतान्त्रिक समुहबाट प्रदीप भट्टराई अध्यक्ष बरिष्ठ उपाध्यक्षमा चण्डीप्रसाद गैरे, उद्योगतर्फको उपाध्यक्षमा हरिशरण केसी, वस्तुगत उपाध्यक्षमा राकेश विष्ट, महासचिवमा दीपक बहादुर भण्डारी, उप–महासचिवमा राजनकुमार पौडेल, कोषाध्यक्षमा भूमिराज कडेल र सह – कोषाध्यक्षमा देविलाल सुनारको उम्मेदवारी परेको छ ।

सदस्यहरूमा अमृत पौडेल, नोखराज रावत, श्रीधर घिमिरे, किरण श्रेष्ठ, झुपबहादुर भण्डारी, किरण विक, गौरव श्रेष्ठ, गिरधारी शर्मा, अशोक गौडेल, मानबहादुर बुढा र महिला सदस्यमा शीतल योगी अधिकारीको उम्मेदवारी घोषणा भएको हो । एसोसियटतर्फ राजेन्द्र रिजाललाई उम्मेदवार बनाएको छ ।

प्रजातान्त्रिक समुहमा नेपाली काँग्रेस, एकीकृत समाजवादी र नेपाल मजदुर किसान पार्टीको समर्थन रहेको बताईएको छ ।

मनोनयनपछि बोल्दै प्रजातान्त्रिक समुहका अध्यक्षका उम्मेदवार प्रदीप भट्टराईले व्यवसायीका हितमा काम गर्ने प्रतिबद्धता जनाए । उनले घरदैलोका क्रममा व्यवसायीको सुझावहरु सङ्कलन गरेको बताउँदै सोही अनुसार समाधानमा आफू र आफ्नो टिम लागी पर्ने बताए । 

आफूहरूको जित सुनिश्चित रहेको बताउँदै उनले पराजित हुनेसँग पनि सहकार्य गरेर काम गर्ने प्रतिबद्धता जनाए । प्रगतिशील समुहका अध्यक्षकी उम्मेदवार अञ्जना धितालले व्यवसायीको हितमा काम गर्नका लागी आफु चुनाबी मैदानमा होमिएको बताइन् । उनले व्यवसायिक हित बाहेक आफ्नो अर्को उद्देश्य नरहेको बताइन् ।

दुवै समुहको जितको दाबी

कार्तिक ३ को निर्वाचनमा दुवै समुहले आफूहरूले जित्ने दाबी गर्दै आएका छन् । विगतमा प्रजातान्त्रिक समुहले विजय हाँसिल गरेको, हाल समितिले भवन निर्माण लगायतका महत्वपूर्ण काम गरेको, कोरोना महामारीमा ब्याज छुटका लागी कोहलपुरबाट आन्दोलनका सुरुवात गरेको, घरभाडा छुटका लागी समन्वय लगायत व्यवसयीक हितका लागी महत्वपूर्ण कामहरू गरेकाले आफूहरूको जित सुनिश्चित रहेको अध्यक्षका उम्मेदवार प्रदीप भटराईले दाबी गरे । उनले व्यवसायिक हितका लागी थप क्रियाशिल रहने प्रतिबद्धता जनाए ।

अध्यक्षका अर्का उम्मेदवार अञ्जता धितालमा पनि महिला हुनुका नाताले आफू विजय हुनेमा ढुक्क रहेको बताइन् । उनले आफू विजय भएर कोहलपुर उद्योग वाणिज्य सङ्घको ईतिहारमा नयँ रेकर्ड कायम गर्ने बताइन् । बिजयी भएपछि सम्पुर्ण व्यवसायीसंग सहकार्य गरेर काम गर्ने प्रतिबद्धता जनाईन । उनले सीमा बजार रुपैडीहाका कारण चेपुवमा परेको कोहलपुरको बजार, बैंक तथा बितिय संस्थाको ज्याजती, घरभाडा लगायतका समस्यालाई प्राथमिकताका साथ समाधानमा लाग्ने बताइन् ।

घटे मतदाता 

कोहलपुर उद्योग वाणिज्य संघमा आधा मतदात घटेका छन् । यसअघि ३ हजार ४ सय मतदाता रहेकोमा हाल आधा घटेर एक हजार ७ सयको हाराहारीमा आएको निर्बाचन समितिले जनाएको छ ।