लोकतान्त्रिक समावेशी व्यवसायीको प्रचारप्रसार तीव्र


सेतोखरी सेतोखरी   शुक्रबार, असोज १८, २०८१
लोकतान्त्रिक समावेशी व्यवसायीको प्रचारप्रसार तीव्र

कोहलपुर १८ असोज : आसन्न कोहलपुर उद्योग वाणिज्य संघको निर्वाचन नजिकिँदै गर्दा लोकतान्त्रिक समावेशी व्यवसायीहरूको प्रचारप्रसारले तीव्रता दिएको छ । अध्यक्ष पदका उम्मेदवार प्रदीप भट्टराईले कोहलपुर नगरपालिका वडा नम्बर ८ र ९ मा व्यापक प्रचारप्रसार अभियान चलाएका छन् । 

यो पनि पढ्नुहोस्  कोहलपुर उद्योग वाणिज्य सङ्घको निर्वाचन : नेतृत्वका लागि प्रगतिशील र लोकतान्त्रिकबीच भिडन्त

भट्टराईले आफ्नो उम्मेदवारी घोषणा गरेसँगै स्थानीय व्यवसायीहरूमा उत्साह छाएको छ । मतदातासँग प्रत्येक्ष भेटेर उनले संघको नेतृत्वमा पुगेर व्यवसायीहरूका समस्या समाधान गर्ने, संघलाई थप सशक्त बनाउने र कोहलपुरको व्यापारिक विकासमा महत्वपूर्ण भूमिका खेल्ने प्रतिबद्धता जनाएका छन् । 

उने भने –‘मैले कोहलपुर उद्योग वाणिज्य संघको अध्यक्ष पदमा उम्मेदवारी दिएको छु । मेरो उद्देश्य संघलाई व्यवसायीमैत्री बनाउनु हो । मैले व्यवसायीहरूका समस्यालाई नजिकबाट नियालेको छु र ती समस्या समाधान गर्नका लागि विभिन्न योजनाहरू ल्याएको छु । मलाई विश्वास छ कि मेरो नेतृत्वमा संघले नयाँ उचाइ प्राप्त गर्नेछ ।’

Kanti Aarogya Hospital Nepalgunj

यो पनि पढ्नुहोस्  कोहलपुर उद्योग वाणिज्य सङ्घको निर्वाचन : लोकतान्त्रिक समुहद्वारा प्रदीप भट्टराई नेतृत्वको टिम घोषणा

भट्टराईले आफ्नो प्रचारप्रसार अभियानलाई प्रभावकारी बनाउन विभिन्न कार्यक्रमहरू आयोजना गरिरहेका छन् । उनले स्थानीय व्यवसायीहरूसँग भेटघाट गर्ने, अन्तरक्रिया गर्ने र आफ्ना योजनाहरूबारे जानकारी गराउने गरेका छन् । 

साथै, उनले सामाजिक सञ्जाललगायतका विभिन्न माध्यमबाट पनि आफ्नो प्रचारप्रसार गरिरहेका छन् । उनले आफ्नो लामो अनुभव र व्यवसायिक ज्ञानलाई संघको सेवामा समर्पित गर्ने प्रतिबद्धता समेत जनाएका छन् । 

यसैबिच, चण्डी प्रसाद गैरे वरीष्ठ उपाध्यक्ष, हरिशरण केसी उद्योग उपाध्यक्ष, राकेश विष्ट बस्तुगत उपाध्यक्ष, दीपक बहादुर भण्डारी महासचिव, भूमिराज कडेँल कोषाध्यक्ष र उपमहासचिवको रूपमा राजन कुमार पौडेल चयन भएका छन् । देविलाल सुनार सह–कोषाध्यक्षको रूपमा समावेश भएका छन् ।

यो पनि पढ्नुहोस्  कोहलपुर उद्योग वाणिज्य सङ्घको निर्वाचन : प्रगतिशील समुहद्वारा अञ्जना धिताल नेतृत्वको टिम घोषणा

सदस्यहरूमा अमृत पौडेल, नोखराज रावत, श्रीधर घिमिरे, किरण श्रेष्ठ, अशोक गौडेल, झुपबहादुर भण्डारी, किरण विक, गौरव श्रेष्ठ र गिरीधारी शर्मा र राजेन्द्र प्रसाद रिजाल एशोसियट सदस्य रहेका छन् । महिला सदस्यको रूपमा शितल योगी अधिकारी र ममता थापा पनि मनोनयनमा समावेश भएकी छन् । 

कोहलपुर उद्योग वाणिज्य संघको आगामी निर्वाचनमा कसले जित्ने हो भन्ने चासो सबैतिर छ । भट्टराईको व्यापक प्रचारप्रसार अभियानले उनको जितको सम्भावनालाई बलियो बनाएको छ ।

यो पनि पढ्नुहोस्  कोहलपुर उद्योग वाणिज्य सङ्घको निर्वाचन : प्रगतिशील समुहद्वारा अञ्जना धिताल नेतृत्वको टिम घोषणा