चाडबाड लक्षित ट्राफिक सचेतना जगाउदैँ बाँके ट्राफिक, ५ वर्षमा ६ सयले ज्यान गुमाए


सेतोखरी सेतोखरी   शनिबार, असोज १९, २०८१
चाडबाड लक्षित ट्राफिक सचेतना जगाउदैँ बाँके ट्राफिक, ५ वर्षमा ६ सयले ज्यान गुमाए

कोहलपुर १९ असोज : चाडवाडका समयमा सडक दुर्घटना बढ्ने भन्दै जिल्ला ट्राफिक कार्यालय बाँकेले सचेतनाका कार्यक्रमहरूमा जोड दिएको छ । जिल्ला ट्राफिक कार्यालय बाँकेका प्रमुख पुष्कर पन्तले चाडवाडका समयमा हुने दुर्घटना न्यूनिकरण गर्न सचेतनाका कार्यक्रमहरू सञ्चालन गरिएको जानकारी दिए । 

उनका अनुसार जिल्लाको नेपालगन्ज, कोहलपुर र खजुरका बिभिन्न स्थानमा दैनिक सचेतनाका कार्यक्रमहरू भईरहेका छन् । पन्तले सचेतना अन्तर्गत सवारी दुर्घटना न्यूनीकरणका लागी सवारी साधनका चालक, सहचालक, सवारी धनि, बाटो प्रयोगकर्ता, बिद्यार्थीहरु र सर्वसाधारणहरूलाई ट्राफिक नियम, बाटो क्रस गर्दा पालना गर्नु पर्ने लेन अनुशासन, ओभरटेक गर्दा ध्यान दिनुपर्ने कुरा बारे जानकारी गराइने गरेको बताए । 

चाडवाडका समयमा सडकमा भिडभाड बढ्ने र मदिरा सेवन गरेर सवारी साधन चलाउने भएका पनि दुर्घटना बढ्ने गरेको उनको भनाई छ। 

पछिल्लो समय राप्तीसोनारी गाउँपालिका अन्र्तगत हुलाकी सडकको अगैया–नेपालगन्ज सडकमा दुर्घटना बढेको भन्दै उक्त सडकहरूमा ट्राफिक प्रहरी समेत परिचालन गरिएको जानकारी दिए । उक्त स्थानमा ट्राफिक ज्ञान नहुदा दुर्घटना बढेको उनको भनाई छ ।

Kanti Aarogya Hospital Nepalgunj

नेपालगन्जका भिडभाड हुने सडकहरू ‘लाई वन वे’का रुपमा विकास गर्न लागिएको पन्तको भनाई छ । चारबाहिनीदेखी गणेशमान चोकसम्म ‘वान वे’ सञ्चालन गर्ने निर्णय कार्यान्वयन गरिएको र त्रिभुवन चोक देखी त्रिवेणीमोड सम्मको सडकलाई पनि व्यवस्थित गर्न लागिएको उनले जानकारी दिए । 

२०८० दशैँको समयमा बाँके जिल्लामा ११ सडक दुर्घटना भएको बाँके प्रहरीको भनाई छ । जसमा ३ जनाको मृत्यु भएको थियो भने १० जना गम्भीर घाईते भएका थिए । 

दशैँको समयमा ५ वर्षमा ६ सयले ज्यान गुमाए 

दशैंका समयमा देशभर ६ सय २ जनाले सवारी दुर्घटनामा ज्यान गुमाएका छन् । ट्राफिक प्रहरीका अनुसार विगतका ५ वर्षमा दशैंको समयमा ६ सय २ जना आफन्त गुमाएका हुन् । यसमध्ये ४ सय ३८ जना पुरुष  रहेको प्रहरी तथ्याङ्कमा उल्लेख छ । जसमा गम्भीर घाइते हुनेहरूको संख्या १ हजार ७ सय १२ छ । जसमध्ये  १ हजार १ सय ७१ जना पुरुष रहेका थिए । 

५ वर्षको अवधिमा दशैको समयमा देशभर कुल ४ हजार ६ सय ८ सवारी दुर्घटना भएको  थियो । दशैं २०१ नजिकै आइरहेकोले सबै चालकलाई जिम्मेवारीपूर्वक सवारी चलाउन प्रमुख पन्तले आग्रह गरे ।  

दशैंका सयमा २०७६ मा ७ सय सवारी  दुर्घटना हुँदा १ सय ११ जनाको मृत्यु भएको थियो । त्यसैगरी  २०७७ मा  ८ सय ५६ दुर्घटना, १ सय १४ जना , २०७ मा  ९ सय ६७ दुर्घटना हुदा १ सय ७३ जना र  २०७९ मा ९ सय ३२ दुर्घटना हुदा १ सय ७ को मृत्यु भएको थियो ।  २०८० मा  १ हजार १ सय ५३ दुर्घटना हुदा ९७ जनाले देशभर ज्यान गुमाएका थिए ।