प्रदीप नेतृत्वको लोकतान्त्रिक समूहको उम्मेद्वारीले व्यवसायी हर्षित


सेतोखरी सेतोखरी   शनिबार, असोज १९, २०८१
प्रदीप नेतृत्वको लोकतान्त्रिक समूहको उम्मेद्वारीले व्यवसायी हर्षित

कोहलपुर १९ असोज : आर्थिक मन्दीले निराशा छाएको कोहलपुरका व्यवसायीहरुको मुहारमा प्रदीप भट्टराई नेतृत्वको लोकतान्त्रिक समावेशी व्यवसायी समूहको उम्मेदवारीले खुसी छाएको व्यवसायीहरुले प्रतिक्रिया दिएका छन् । 

यो पनि पढ्नुहोस्  लोकतान्त्रिक समावेशी व्यवसायीको प्रचारप्रसार तीव्र

लामो समय देखि व्यवसायीका हक, हितमा काम गर्र्दै आएका सक्षम युवा भट्टराई नेतृत्वको समूहको उम्मेद्वारीले व्यवसायीहरु हर्षित भएको स्थानीय व्यवसायी बिजय पुडासैनीले प्रतिक्रिया दिए । कोहलपुरको व्यापारिक विकासलाई नयाँ उचाइमा पु¥याउन लोकतान्त्रिक समावेशी व्यवसायी समूहका उमेद्वारहरु यतिबेला प्रचार–प्रसारमा होमिएका छन् ।

यो पनि पढ्नुहोस्  कोहलपुर उद्योग वाणिज्य सङ्घको निर्वाचन : नेतृत्वका लागि प्रगतिशील र लोकतान्त्रिकबीच भिडन्त

Kanti Aarogya Hospital Nepalgunj

पूर्वाधार विकास, व्यापार प्रवर्द्धन, रोजगारी सृजना र व्यवसायीमैत्री वातावरण निर्माणमा केन्द्रित हुने भन्दैे कोहलपुरलाई एक आधुनिक र प्रतिस्पर्धी व्यापारिक केन्द्र बनाउने लक्ष्य सहित ब्यापक रुपमा लोकतान्त्रिक समावेशी समूहका उमेद्वारहरुले मतदाता भेटघाटलाई निरन्तरता दिइरहेका छन् ।

यो पनि पढ्नुहोस्  कोहलपुर उद्योग वाणिज्य सङ्घको निर्वाचन : लोकतान्त्रिक समुहद्वारा प्रदीप भट्टराई नेतृत्वको टिम घोषणा

निर्वाचनको मिति नजिकिएसँगै मतदाताहरु भेटघाट गर्न लोकतान्त्रिक समावेशी समूहले घरदैलो तथा प्रचार–प्रसार कार्यक्रमलाई तीब्रता दिएको छ । शनिबार समूहले कोहलपुर नगरपालिका वडा नम्बर–११ अन्र्तगत  एनटिभि रोड, दशबिगाह, पुरानो बसपार्कमा मतदाता भेटघाट तथा घरदैलो कार्यक्रम सम्पन्न गरेको छ । 

लैंगिक समानता, सामाजिक समावेशिता र सबै प्रकारका व्यवसायलाई समान अवसर प्रदान गर्न प्रतिबद्ध रहेको बताउँदै अध्यक्ष पदका उम्मेदवार प्रदीप भट्टराईले भने,‘कोहलपुर उद्योग बाणिज्य संघलाई सबै व्यवसायीहरूको साझा थलो बनाउने हाम्रो उद्देश्य हो ।’

यो पनि पढ्नुहोस्  ‘महिलालाई हेरौं यसपटक’ भन्दै अञ्जना नेतृत्व समुहको चुनावी प्रचारप्रसार

पारदर्शिता र जवाफदेहितालाई आफ्नो अभियानको मूल मन्त्र बनाएका अध्यक्ष पदका उम्मेदवार भट्टराईले संघको कामकारबाहीलाई पारदर्शी बनाउने र हरेक व्यवसायीलाई आफ्नो मतको महत्व बुझाउने प्रतिक्रिया दिएका छन् । आफु निर्वाचित भएर आईसको पछि संघलाई व्यवसायीहरूको हितमा काम गर्ने प्रभावकारी संस्था बनाउने भट्टराईले प्रतिबद्धता व्यक्त गरेका छन् । 

चुनावी प्रचार–प्रसार तथा घरदैलो कार्यक्रमपछि समूहतर्फका बरिष्ठ उपाध्यक्ष पदका उमेद्वार चण्डीप्रसाद गैरेले प्रचारप्रसारले दिनप्रति दिन नयाँ आयाम लिइरहेको बताए । 

यस अभियानले कोहलपुरको व्यापारिक क्षेत्रमा नयाँ ऊर्जा थपेको बताउँदै व्यवसायीहरूको आवाजलाई संस्थागत रूपमा उठान गर्न र कोहलपुरको व्यापारिक विकासमा नयाँ अध्याय थप्न आपूmहरु प्रतिबद्ध रहेको बरिष्ठ उपाध्यक्ष पदका उमेद्वार गैरेले बताए ।

यो पनि पढ्नुहोस्  कोहलपुर उद्योग वाणिज्य सङ्घको निर्वाचन : प्रगतिशील समुहद्वारा अञ्जना धिताल नेतृत्वको टिम घोषणा

प्रचारप्रसारका क्रममा व्यवसायीहरूले लोकतान्त्रिक समावेशी प्यानलका उम्मेदवारहरूलाई समर्थन जनाएका छन् । उनीहरूले लोकतान्त्रिक प्यानलले कोहलपुरको व्यापारिक क्षेत्रको विकासका लागि नयाँ आयाम थप्ने विश्वास व्यक्त गरेका छन् । 

प्रचारप्रसार कार्यक्रममा व्यवसायीहरूले लोकतान्त्रिक समूहले सबै प्रकारका व्यवसायीहरूको हितलाई ध्यानमा राखेर काम गर्नेछ भन्ने विश्वास लिएको बताएका छन् ।

यो पनि पढ्नुहोस्  कोहलपुर उद्योग वाणिज्य सङ्घको निर्वाचन : प्रगतिशील समुहद्वारा अञ्जना धिताल नेतृत्वको टिम घोषणा

यसैगरी भट्टराईको नेतृत्वमा चण्डीप्रसाद गैरे वरिष्ठ उपाध्यक्ष, हरिसरण केसी उद्योग उपाध्यक्ष, राकेश विष्ट वस्तुगत उपाध्यक्ष, दीपक बहादुर भण्डारी महासचिव, भूमिराज कडेँल कोषाध्यक्ष र उप–महासचिवको रूपमा राजनकुमार पौडेल, सह–कोषाध्यक्ष देविलाल सुनारले समावेशी प्यानलबाट चुनावी मैदानमा होमिएका छन् ।

लोकतान्त्रिक समावेशी प्यानलको एशोसियट सदस्यतर्फ राजेन्द्र प्रसाद रिजाल, खुल्ला सदस्यतर्फ अमृत पौडेल, नोखराज रावत, श्रीधर घिमिरे, किरण श्रेष्ठ, अशोक गौडेल, झुपबहादुर भण्डारी, किरण विक, गौरव श्रेष्ठ, र गिरीधारी शर्मा,  मान बहादुर बुढाथोकी सहित ममता थापा र सिता योगी अधिकारी महिला सदस्यतर्फबाट चुनावी मैदानमा उत्रिएका छन् ।