कोहलपुरका व्यवसायी भन्छन्– ‘यसपटकको भोट महिला नेतृत्वलाई’


सेतोखरी सेतोखरी   आइतबार, असोज २०, २०८१
कोहलपुरका व्यवसायी भन्छन्– ‘यसपटकको भोट महिला नेतृत्वलाई’

नेपालगन्ज २० असोज : बाँकेको कोहलपुरमा आउँदो कार्तिक ३ गते हुने कोहलपुर उद्योग वाणिज्य संघको निर्वाचनमा अधिकांस व्यवसायीहरु महिला नेतृत्वको पक्षमा देखिएका छन् । विस २०५५ सालमा स्थापित कोहलपुर उद्योग वाणिज्य संघमा अहिलेसम्म महिलाले नेतृत्व गरेका छैनन् ।

यो पनि पढ्नुहोस् प्रदीप नेतृत्वको लोकतान्त्रिक समूहको उम्मेद्वारीले व्यवसायी हर्षित

अधिकांस मतदाताले यसपटक महिलालाई संघको नेतृत्वमा पठाउने प्रतिबद्धता जनाएको संघका संस्थापक अध्यक्ष कर्णबहादुर थापाले बताए । महिलाको नेतृत्व पुरुषको तुलनामा आर्थिक पारदर्शितामा इमानदार  हुने मतदाताको बुझाई छ । 

यो पनि पढ्नुहोस्  लोकतान्त्रिक समावेशी व्यवसायीको प्रचारप्रसार तीव्र

Kanti Aarogya Hospital Nepalgunj

कोहलपुर– ११ का व्यवसायी ठाकुर गिरीले भने,–‘अञ्जना जि को नेतृत्वमा रहेको टिमप्रति व्यवसायी आशावादी छन् ।’

यसअघि जितेर पठाएकाहरु मेला लगाउने र पैसा कमाउनेतिर लागेको आरोप व्यवसायीको छ । कोहलपुर– ११ मा रहेको स्मृति इन्टरप्राइजेजका सञ्चालक होमनाथ पाठक भन्छन्–‘साना व्यापारीको पीरमर्का बुझ्नेलाई मेरो भोट जान्छ ।’ यसपटक मुख्य नेतृत्वमा महिलालाई पठाउनुपर्ने उनको भनाई छ ।

यो पनि पढ्नुहोस्  कोहलपुर उद्योग वाणिज्य सङ्घको निर्वाचन : नेतृत्वका लागि प्रगतिशील र लोकतान्त्रिकबीच भिडन्त

‘व्यवसायिक संरक्षण र अधिकारको सुनिश्चितता’ भन्ने मुख्य नारा सहित प्रगतिशील व्यवसायी समुह अहिले घरदैलो अभियानमा व्यस्त छन् । घरदैलो क्रममा अधिकाश मतदाता सकारात्मक रहेको महासचिवका उमेदवार दिपक अर्याल बताउँछन् ।

यो पनि पढ्नुहोस्  कोहलपुर उद्योग वाणिज्य सङ्घको निर्वाचन : लोकतान्त्रिक समुहद्वारा प्रदीप भट्टराई नेतृत्वको टिम घोषणा

प्रगतिशील व्यवसायीक प्यानलले अञ्जना धितालको नेतृत्वमा प्यानल तयार भएको छ । प्यानलमा वरिष्ठ उपाध्यक्षमा भुपेन्द्र प्रसाद काफ्ले, उद्योग उपाध्यक्षमा अर्जुन प्रसाद सुबेदी, वस्तुगत उपाध्यक्षमा रुपक भुजेल, महासचिवमा दिपक अर्याल, उप–महासचिवमा गोपाल अधिकारी, कोषाध्यक्षमा गंगा बगाले, सह–कोषाध्यक्षमा टंक प्रसाद खनालले उम्मेदवारी दिएका छन् ।

यो पनि पढ्नुहोस्  ‘महिलालाई हेरौं यसपटक’ भन्दै अञ्जना नेतृत्व समुहको चुनावी प्रचारप्रसार

सदस्यहरूको सूचीमा अंकित सिग्देल, एक बहादुर खड्का, कृष्ण रानाभाट, ढक बहादुर थारु, परिवर्तन विश्वकर्मा, भानुराज उपाध्याय, मोती प्रसाद सबेदी, रबि प्रसाद कर्माचार्य, र राजिव शर्मा रहेका छन् । महिला सदस्यहरूमा अस्मिता केसी, प्रतिभा खड्का, र एशोसियट सदस्यमा दिपेश खनाल पनि उम्मेदवार छन् ।

यो पनि पढ्नुहोस्  कोहलपुर उद्योग वाणिज्य सङ्घको निर्वाचन : प्रगतिशील समुहद्वारा अञ्जना धिताल नेतृत्वको टिम घोषणा

यो पनि पढ्नुहोस्  कोहलपुर उद्योग वाणिज्य सङ्घको निर्वाचन : प्रगतिशील समुहद्वारा अञ्जना धिताल नेतृत्वको टिम घोषणा