प्रदीप नेतृत्व लोकतान्त्रिक समुहले प्रचारप्रसारमा बढायो तीव्रता


सेतोखरी सेतोखरी   आइतबार, असोज २०, २०८१
प्रदीप नेतृत्व लोकतान्त्रिक समुहले प्रचारप्रसारमा बढायो तीव्रता

कोहलपुर २० असोज : आगामी कार्तिक ३ गते हुने कोहलपुर उद्योग बाणिज्य संघको निर्वाचनमा लोकतान्त्रिक समावेशी व्यवसायी समूहको प्रचारप्रसारले तीव्र गति लिएको छ । समूहका उम्मेदवारहरूले विभिन्न वडामा पुगेर आफ्ना एजेण्डा प्रस्तुत गर्दै मतदातासँग प्रत्यक्ष संवाद गरिरहेका छन् ।

यो पनि पढ्नुहोस् प्रदीप नेतृत्वको लोकतान्त्रिक समूहको उम्मेद्वारीले व्यवसायी हर्षित

समूहका अध्यक्ष पदका उम्मेदवार प्रदीप भट्टराइले कोहलपुर उद्योग वाणिज्य संघलाई सबै व्यवसायीको साझा थलो बनाउने प्रतिबद्धता जनाएका छन् । ‘हामी सबै व्यवसायीको हितलाई ध्यानमा राखेर काम गर्नेछौँ । संघलाई थप व्यवस्थित र पारदर्शी बनाउने हाम्रो मुख्य लक्ष्य हो’ उनले भने ।

यो पनि पढ्नुहोस्  लोकतान्त्रिक समावेशी व्यवसायीको प्रचारप्रसार तीव्र

Kanti Aarogya Hospital Nepalgunj

समूहले व्यवसायीहरूका समस्या समाधान गर्न, पूर्वाधार विकासमा जोड दिनुका साथै कोहलपुरलाई व्यापारिक केन्द्र बनाउने विषयलाई प्राथमिकता दिने बताएका छन् । उम्मेदवारहरूले आफ्ना प्रतिस्पर्धीहरूको तुलनामा आफ्नो समूहले नै कोहलपुर उद्योग वाणिज्य संघलाई नयाँ उचाइमा पु¥याउन सक्ने दाबी समेत गरेका छन् ।

यो पनि पढ्नुहोस्  कोहलपुर उद्योग वाणिज्य सङ्घको निर्वाचन : नेतृत्वका लागि प्रगतिशील र लोकतान्त्रिकबीच भिडन्त

कोहलपुर उद्योग बाणिज्य संघको यस निर्वाचनमा विभिन्न समूहहरूबीच तीव्र प्रतिस्पर्धा देखिएको छ । प्रत्येक समूहले आफ्नो पक्षमा मतदातालाई आकर्षित गर्न विभिन्न किसिमका वाचा र प्रतिबद्धता गरिरहेका छन् । कोहलपुर उद्योग बाणिज्य संघको निर्वाचनको नतिजाले कोहलपुरको व्यापारिक क्षेत्रमा ठूलो प्रभाव पार्ने अपेक्षा गरिएको छ ।

यो पनि पढ्नुहोस्  कोहलपुर उद्योग वाणिज्य सङ्घको निर्वाचन : लोकतान्त्रिक समुहद्वारा प्रदीप भट्टराई नेतृत्वको टिम घोषणा

यसैगरी अध्यक्ष पदका उम्मेदवार प्रदीप भट्टराईको नेतृत्वमा चण्डी प्रसाद गैरे वरिष्ठ उपाध्यक्ष, हरिसरण केसी उद्योग उपाध्यक्ष, राकेश विष्ट वस्तुगत उपाध्यक्ष, दीपक बहादुर भण्डारी महासचिव, भूमिराज कडेँल कोषाध्यक्ष, र उप–महासचिवको रूपमा राजन कुमार पौडेल, सह–कोषाध्यक्ष देविलाल सुनारले समावेशी प्यानलबाट चुनावी मैदानमा होमिएका छन् ।

यो पनि पढ्नुहोस्  कोहलपुरका व्यवसायी भन्छन्– ‘यसपटकको भोट महिला नेतृत्वलाई’

लोकतान्त्रिक समावेशी प्यानलको सदस्यहरूमा अमृत पौडेल, नोखराज रावत, श्रीधर घिमिरे, किरण श्रेष्ठ, अशोक गौडेल, झुपबहादुर भण्डारी, किरण विक, गौरव श्रेष्ठ, र गिरीधारी शर्मा,  मान बहादुर बुढाथोकी, राजेन्द्र प्रसाद रिजाल  एशोसियट सदस्य रहेका छन् । महिला सदस्यको रूपमा शितल योगी अधिकारी र ममता थापा पनि मनोनयनमा समावेश भएकी छन् ।

यो पनि पढ्नुहोस्  ‘महिलालाई हेरौं यसपटक’ भन्दै अञ्जना नेतृत्व समुहको चुनावी प्रचारप्रसार

यो पनि पढ्नुहोस्  कोहलपुर उद्योग वाणिज्य सङ्घको निर्वाचन : प्रगतिशील समुहद्वारा अञ्जना धिताल नेतृत्वको टिम घोषणा

यो पनि पढ्नुहोस्  कोहलपुर उद्योग वाणिज्य सङ्घको निर्वाचन : प्रगतिशील समुहद्वारा अञ्जना धिताल नेतृत्वको टिम घोषणा