लुम्बिनी प्राविधिक विश्वविद्यालयमा थप २ शैक्षिक कार्यक्रममा भर्ना शुरु


सेतोखरी सेतोखरी   मंगलबार, असोज २२, २०८१
लुम्बिनी प्राविधिक विश्वविद्यालयमा थप २ शैक्षिक कार्यक्रममा भर्ना शुरु

नेपालगन्ज २२ असोज : लुम्बिनी प्राविधिक विश्वविद्यालयले स्थापना भएको छोटो समयमै थप कार्यक्रमहरू सुरु गरेको छ ।

विश्वविद्यालयका रजिष्ट्रार रेग भण्डारीले विद्यार्थी र समय अनुकुल बि टेक ईन आईटी इन्जिनियरिङ र बि टेक ईन सिभिल इन्जिनियर गरि २ वटा शैक्षिक कार्यक्रम थप गरिएको जानकारी दिए ।

नेपाल इन्जिनियर परिषद्बाट स्वीकृति लिएर २ वटा कार्यक्रम थप गरिएको उनको भनाई छ ।

उनले छिटै मास्टर्स लेभलका ३ वटा कार्यक्रमहरू थप गर्न लागिएको समेत जानकारी दिए । उनका अनुसार एम टेक ईन आईटी, एम टेक ईन कम्युप्टर साइन्स ईन आर्टिफिसिएल साइन्स र एम एस वाई रिसर्च कार्यक्रमहरू पनि थप गरिन लागेको उनले बताए । 

Kanti Aarogya Hospital Nepalgunj

भरखरै स्थापना भएको विश्व विद्यालय र बजारको माग अनुसारको पाठ्यक्रम भएकाले पनि विद्यार्थी आकर्षण बढेको भण्डारी बताउँछन् । 

प्लस टु अध्ययनपछि विद्यार्थीहरू वैदेशिक रोजगारमा जाने बढ्दै गरेको बेला विद्यार्थी लाई स्वदेशमै रोजगार र स्वरोजगार हुने अवसर भएको भण्डारीको भनाई छ ।

विदेश जाने सोँच त्यागेर बी टेक इन आईटीमा भर्ना भएकी कोहलपुर नगरपालिका–५ की शर्मिला शाहीले अध्यनका क्रममा प्रयाप्त ज्ञानका साथै प्रयोगात्मक कृयाकलाप गर्न पाएकाले पढाई लगतै स्वरोजगार हुनेमा आफु बिस्वस्त अरेको बताईन् ।