नयाँ अनुहारको खोजीमा कोहलपुरका व्यवसायी 


सेतोखरी सेतोखरी   मंगलबार, असोज २२, २०८१
नयाँ अनुहारको खोजीमा कोहलपुरका व्यवसायी 

नेपालगन्ज २२ असोज : आसन्न कोहलपुर उद्योग वाणिज्य संघको निर्वाचनमा आगामी कार्तिक ३ गते हुदैँछ । अहिले दुई समुहहरु प्यानल बनाएर मतदाता भेटघाटमा व्यस्त छन् । दुबै समुहले आआफ्नो प्यानल विजयी हुने दावी गरेका छन् ।

यो पनि पढ्नुहोस् प्रदीप नेतृत्व लोकतान्त्रिक समुहले प्रचारप्रसारमा बढायो तीव्रता

लकडाउनपछि व्यवसायीहरु समस्यामा परेको बेला वाणिज्य संघले भने व्यवसायीलाई खासै वास्ता नगरेको गुनासो छ । कोहलपुरका व्यवसायी भन्छन्,–‘यसपटक नयाँ नेतृत्वलाई जिताउने हो ।’

पटक पटक जिम्मेवारी पदमा बसेर पनि प्रभावकारी काम गर्न नसक्ने उमेदवारलाई नेतृत्वमा ल्याउदा झन ठुलो समस्या पर्नसक्ने व्यवसायीको बुझाई छ । कोहलपुर १० का व्यवसायी कमला पाण्डे भन्छिन्,‘यसपटक नयाँ नेतृत्व लाई जिताएर हेर्ने हो ।’

Kanti Aarogya Hospital Nepalgunj

व्यापार मेला लगाउने मात्रै उद्योग बाणिज्य संघको काम नभई व्यवसायीको पक्षमा इमानदारी पुर्वक लाग्ने उमेदवार छनोट गर्नुपर्नेमा धेरै मतदाता सहमत देखिन्छन् ।

यो पनि पढ्नुहोस् कोहलपुरका व्यवसायी भन्छन्– ‘यसपटकको भोट महिला नेतृत्वलाई’

प्रगतिशील व्यवसायीक प्यानलले अञ्जना धितालको नेतृत्वमा प्यानल तयार भएको छ । प्यानलमा वरिष्ठ उपाध्यक्षमा भुपेन्द्र प्रसाद काफ्ले, उद्योग उपाध्यक्षमा अर्जुन प्रसाद सुबेदी, वस्तुगत उपाध्यक्षमा रुपक भुजेल, महासचिवमा दीपक अर्याल, उप–महासचिवमा गोपाल अधिकारी, कोषाध्यक्षमा गंगा बगाले, सह–कोषाध्यक्षमा टंक प्रसाद खनालले उम्मेदवारी दिएका छन् ।

सदस्यहरूको सूचीमा अंकित सिग्देल, एक बहादुर खड्का, कृष्ण रानाभाट, ढक बहादुर थारु, परिवर्तन विश्वकर्मा, भानुराज उपाध्याय, मोती प्रसाद सबेदी, रबि प्रसाद कर्माचार्य, र राजिव शर्मा रहेका छन्। महिला सदस्यहरूमा अस्मिता के.सी., प्रतिभा खड्का, र एशोसियट सदस्यमा दिपेश खनाल पनि उम्मेदवार छन् ।